असार ७,
डोल्पा : मानवअधिकार तथा सामाजिक न्याय प्रवर्द्धन गर्ने उद्देश्यका साथ डोल्पामा ‘युवा मानवअधिकार रक्षकका सवालमा सरोकारवालासँग समन्वयात्मक कार्यक्रम’ गरिएकाे छ। सदरमुकाम दुनैस्थित सिद्धार्थ होटलमा आयोजना गरिएको कार्यक्रम जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल र ग्रामीणमुखि युवा अभियान नेपाल (ROYM) को आयोजनामा भएको हो।
कार्यक्रममा कर्णाली प्रदेशका परियोजना संयोजक सन्तोष विकले मानव अधिकार रक्षकहरुले हाम्रो समाजमा पैरवी बहस गर्दा केके कुरामा ध्यान दिनुपर्छ, कानुनी ब्यवस्था कस्तो हुन्छ लगाएतका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए। गत पुस महिना गठन भएकाे युवा मानव अधिकार रक्षक सञ्जाल डाेल्पा शाखा भर्खरै हिर्किदै गरेकाेले सबैले साथ सहयाेग गर्न संयाेजक बिकले आग्रह गरेका छन।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिष्णुप्रसाद देवकोटाले मानव अधिकारकाे रक्षा गर्न सबै निकाय संग समन्वय गर्न सञ्जालका पदाधिकारीलाई आग्रह गरेका छन। अबकाे आवश्यकता मानव अधिकारकाे रक्षा गर्न फरक तरिकाले शैक्षिक गतिविधिका क्रियाकलाप संचालन गर्न आवश्यक रहेकाे नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए। याे सञ्जाल बिसुद्व सामाजिक कार्य भएकाे हुदा जानेर बुझेर युवाहरुले समाजमा दुन्द हिंसा नफैलिने गरि मानव अधिकारका बिषयमा बहस पैरवी आवश्यक रहेकाे उनले बताए ।
युवा मानव अधिकार रक्षक सञ्जाल हाल सिक्ने क्रममा रहेकाे हुदा मानव अधिकारका काम गर्दा सल्लाह सुझाव सहितकाे सहयाेगकाे अपेक्षा रहेकाे सञ्जाल डाेल्पाका अध्यक्ष तुफान डाँगीले आग्रह गरेका छन । जुनसुकै ठाउँमा भएपनि मानव अधिकारका कुरा उठान गर्न सबै सदस्यहरुलाई आग्रह गरेका छन।
कार्यक्रममा नेपाल पत्रकार महासंघसँग आवद्ध सञ्चारकर्मीहरू, मानवअधिकारका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ । सहभागीहरूले युवा मानवअधिकार रक्षकहरूका चुनौती, सुरक्षाको सवाल र अन्तरसंस्थागत समन्वयको आवश्यकताबारे आफ्ना धारणा राखेका छन । कार्यक्रमले जिल्ला तहमा मानवअधिकारका सवालमा युवा नेतृत्व र संस्थागत सहकार्यको सशक्त आवश्यकता औंल्याएको छ।