योजना प्राथकितामा राखिदिन माग गर्दै कर्णालीका मुख्यमन्त्रीको ध्यानाकर्षण

जैतुन अनलाइन | 2025-04-07
चैत्र २५,
सुर्खेत : आउने बर्षका योजना प्राथिकतामा राखिदिन डोल्पामा ३ स्थानीय तहले कर्णालीका मुख्यमन्त्रीको ध्यानकार्षण गराएका छन । डोल्पाको माथिल्लो क्षेत्र अर्थात भोट क्षेत्रका छार्का ताङसोङ गाउँपालिका,शे-फोक्सुण्डो गाउँपालिका र डोल्पो बुद्ध गाउँपालिकामा कर्णाली प्रदेश सरकारले बिशेष ध्यान दिएर योजना निर्माण गरिदिन भन्दै सोमवार मुख्यमन्त्री यामलाल कडेललाइ लिखित रुपमा ध्यानकार्षण गराएका हुन । माथिल्लो डोल्पाका ३ स्थानीय तहको संयुक्त माग सहित शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङछेन गुरुङ्गले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल समक्ष पेश गरेका माग र गुणासा यस्ता छन ।
माननिय मुख्या मन्त्री ज्यु,
कर्णाली प्रदेश, नेपाल।
बिषय- जानकारी तथा अनुरोध।
प्रस्तुत बिषयमा डोल्पा जिल्ला शे-फोक्सुण्डो, डोल्पो बुद्द र छार्का ताङसोङ गाउँपालिकाहरु राज्यको सबै भन्दा दुर्गम र बिकट स्थानिय तह रहेको यहाँ लगायत प्रदेशका सबै सरोकारवालाहरुलाई अवगतै छ।हालसम्मा पनि राज्यका मुख्या पुर्वाधार; राष्ट्रिय प्रसारण लाईन, राष्ट्रिय सडक सञ्जाल र आधुनिक संञ्चारका संजालहरु नपुगेको अवस्था छ। जत्ति पनि गुणाशाहरु भए पनि उत्तिकै अवसर तथा सम्भावनाहरु पनि छन।धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले भरिपुर्ण अपल्लो डोल्पा भाबीका दिनहरुमा देश तथा बिदेशका पर्यटकहरुको मुख्या गन्तब्य भन्नेमा कुनै दुई मत छैन।
हिजो आज त्यहाँका स्थानियहरुका मुख्या चिन्ताका बिषयहरु तपसिल बमोजिम छन जसका समाधान तपाई हामीले समयमै खोज तथा अनुसन्धान गरेनौँ भने जिल्ला तथा हिमाली जनसामुदय नै रित्तो हुने सम्भावना रहेकोले यहाँले केही समाधानात्मक योजनाहरु तत्कालै खोजी हाम्रो कर्णाली प्रदेशको पहिचान र विविधतालाई जोगाउँने योजनाहरु पहल गरिदिनु होला।
तपसिल ;
१- भेडाबाख्रा र पशुवस्तु पलानलाई प्रोत्सान तथा त्यसका उत्पादनहरुको बजारीकरण, लगानी र ढुवानीमा सौलियत लगायत कार्याक्रमहरु ल्याई यो व्यवासायीलाई थप बिकास तथा दिगो योजनाहरु,
२- सेवा सुबिधा सम्पन्न स्वास्थ्य संघ संस्था नभएसम्मा माथिल्ला भोट क्षेत्रका जनसामुदयहरुलाई आकास्मिक उद्दारको लागि नेपाल आर्मीको हेलीलाई न्युन्तम भाडामा बिरामी तथा उच्च आपतकालीन सेवा संचालन गरिदिन अनुरोध छ।
३- भोट क्षेत्रका जनसामुदयले जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगिरहेका छन। जस्तै पानीको मुहान सुकेको छ, खर्कहरुमा घाँस उम्रिन छोडेको छ, खेती योग्या जमिनहरु सिचाई पानी नभएकै कारण बाँझो छोड्न बाध्या छ, घर गाउँ रित्तिदै छन। त्यसैले त्यसका अलवा जलवायु अनुकुलित जस्ता उपयुक्त कार्यक्रमहरु आयोजना गरिदिन अनुरोध छ।
४- शे-फोक्सुण्डो गाउँपालिकामा रहेको ताप्रिजा मा.बि. वडा नं.८ लाई CTEVT सहितको उच्चा मा.बि. मा स्तरवृद्दि गर्ने र गाउँपालिका केन्द्र साल्दाङ वडा नं.३ शेल्री डुक्टा आ.बि. लाई सेवा सुबिधा सम्पन्न माध्यामिक बिद्यालयमा स्तरबृद्दी गरिदिन अनुरोध छ।
५- भेरी कोरिडोरको उत्तरी मुख्याद्वार / नेपाल-चीन बीचको ऐतिहासिक परमपरागात नाका नं.१४ क्याटो र १५ नं.मायुम नाकालाई अन्तराष्ट्रिय नाकामा परिणत गर्न प्रदेश सरकार मार्फत संघ सरकारमा कार्यार्था गरिदिन अनुरोध छ।