बिपदको तथ्याङ्क संकलन मै मस्या छ प्रदेश सरकारले बिपदमा सहयोग गर्छ : भौतिक मन्त्री बुढा

जैतुन अनलाइन | 2025-04-05

चैत्र २३,

डोल्पा : डोल्पामा बिपदको अपुरो  तथ्याङ्क हुदा कार्यान्वयनमा समस्या आउने गरेको छ । बिभिन्न समयमा आउने बिपद पछि जिल्लाका बिभिन्न सरोकारवाला निकायले राख्नुपर्ने बिपदको तथ्याङ्क नै अपुरो र अलमल पार्ने हुने गरेको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढा बताए । शनिवार डोल्पा जिल्ला बिपद व्यास्थापन समितिको बैठकमा मन्त्री बुढाले भने प्रदेश सरकारले बिपदका क्षेत्रमा काम गर्न चाहदा पनि प्रयाप्त तथ्याङ्क नभएको कारण काम गर्न नसकिएको सकिएको छैन ।

जिल्लामा बिपदका अनेक घटना हुन्छन तर ति घटनाको स्थानीय तह देखी जिल्लाले समेत पूर्ण रुपमा तथ्याङ्क राख्न सकेको छैन । जहाँ बिपद पर्छ त्यो ठाँउमा सवै सरोकारवाला निकायले वास्तविक तथ्याङ्क राखेर प्रदेश सरकारलाइ जानकारी गराए प्रदेश सरकारले सकेको राहात र थप व्यवस्थापनका लागि काम गर्ने मन्त्री बुढाले बताए । कर्णाली प्रदेशका अरु जिल्लाको तुलनामा डोल्पा बिपतका घटनाको तथ्याङ्क राख्नेमा निकै कम्जोर रहेको र यसरी तथ्याङ्क नभए बिपदमा परेका नागरिक र समाज सरकारले दिने सेवावाट बञ्चीत हुने भन्दै अब सच्चिन समेत सरोकारवाला निकायलाइ मन्त्री बुढाले निर्देशन गरे ।

जिल्लाले हरेक कुराको तथ्याङ्क राख्नुपर्छ प्रदेश सरकारले गर्ने सवै खाले सहयोग बिपदका लागि गर्न तमतयार रहेको मन्त्री बुढाले प्रष्ट पारे । जिल्लामा बिपदका बेला सुरक्षा निकायले राम्रो भुमिका निर्वाह गरि रहेको भन्दै जिल्ला सुरक्षा समितिलाइ समेत मन्त्री बुढाले धन्यवाद प्रकट गरे ।  बिपद ब्यवस्थापनका लागि धेरै उपकरणहरुको अभाब रहेको र प्रदेश सरकारले रवर वोटको व्यवस्था गरेक भेरी नदिमा हुने दुर्घटनका बेला उद्धारमा सहजता हुने प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले माग गरे । प्रजिअ महतले भने पहिलेको तुलनामा बिपदका लागि धेरै कुराको ब्यवस्थापन भएको छ तर पनि बिपदका बेला प्रयाप्त भने हैन जिल्लाले अब हरेक कुराको तथ्याङ्क राखेर नागरकिलाइ बिपदमा सहजै राहातको अनुभुति ल्याउने गरी काम गर्ने बिश्वास दिलाए ।

स्थानीय तह हुदै जिल्लाले गरेको निर्णय र तथ्याङ्क नै मजबुद हुने र सोहि अनुसार प्रदेश सरकारले पहल तथा काम गर्ने हुदा वस्ति स्थानान्तरण देखी राहातका लागि जिल्लाले अग्र पङ्तिमा रहेर काम गर्न समेत भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले निर्देशन दिए । एक फरक प्रसङ्गमा मन्त्री बुढाले भने सदरमुकाम दुनैवाट तिप्ला जाने सडक् निर्माणको काम स्थानीय सरकार जिल्ला प्रशासन र जिल्ला समन्वय बिच छलफल र सहकार्यबाट अघि बढाउन आग्रह गरे । नागरिकले सड्कको उपभोग गर्न पाउनुपर्छ सरकारले लगानी गरेको छ अब सुरक्षित तवरवाट निर्माण गरी सड्क नागरिकले उपभोग गर्न पाउने गरी बनाउन जरुरी रहेकोले ठेक्का रद्ध गर्ने कुरामा प्रदेश सरकार नरहेको समेत मन्त्री बुढाले प्रष्ट पारे । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेटमा जिल्लाका आयोजना छनौट सिफारिस समितिको बैठकका लागि मन्त्री बुढा सहित डोल्पाका ३ वटै माननीयहरु जिल्लामा आएर छलफल गरि रहेका छन ।