चैत्र ०१ लेख बुढा,
डाेल्पा : लिकु संयुक्त क्याम्पस डाेल्पाकाे स्वतन्त्र विधार्थी युनियन स्ववियु कार्यसमिति निर्विरोध निर्वाचित भएका छन। आगामी चैत्र ५ गते देशभर स्ववियु निर्वाचन हुदैछ। चार राजनीतिक दलमा आबद्ध विधार्थी संगठनले भागबन्डामा सहमति गरेपछि निर्वाचन कमिटीले निर्विरोध निर्वाचित भएकाे घाेषणा गरेकाे छ।
लिकु संयुक्त क्याम्पस स्ववियु अध्यक्षमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका राजेन्द्र गिरी, उपाध्यक्ष अनेरास्ववियु समाजवादी निशाना धराला, सचिवमा एमाले निकट अनेरास्ववियुका बिमल खत्री, उपसचिवमा अनेरास्ववियुकि सुमित्रा डसाल, काेषाध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल विधार्थी संघ कि अरुणा न्याैपाने निर्विरोध निर्वाचित भएका छन। यस्तै सदस्यहरुमा सुद्धा के.सी.(अनेरास्ववियु), पुजा बुढा (अनेरास्ववियु), शान्ती बोहोरा (नेपाल विद्यार्थी संघ), विमान बोहोरा, (अनेरास्ववियु),रामचन्द्र शाही अनेरास्ववियु (क्रान्तिकारी), विष्णुकर्ण पुन(अनेरास्ववियु) निर्विरोध निर्वाचित भएका छन।
डाेल्पामा दुई वटा त्रिभुवन विश्वविद्यालय अन्तरगत सम्बन्धन प्राप्त क्याम्पस रहेका छन । लिकु संयुक्त क्याम्पसमा सबै संगठनले भागबन्डामा मिलेपनि डाेल्पाे क्याम्पस दुनैमा भने कांग्रेस निकट नेविसंघ संग अन्य तीन कम्युनिस्ट संगठन चुनावी मैदानमा जाने भएका छन।