नेपाल कम्युनिस्ट पार्टी डाेल्पा जिल्ला इन्चार्ज राेकाया”शेराप”द्वारा पार्टी परित्यागको घाेषणा

जैतुन अनलाइन | 2025-03-12

फागुन २८ लेख बुढा,

डाेल्पा : नेपाल कम्युनिस्ट पार्टी डाेल्पा जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय प्रतिनिधि समिति सदस्य ईन्द्र राेकाया(शेराप) सी ले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएको छ। आज फागुन २८ गते बुधबार एक विज्ञप्ति जारी गर्दै राेकायाले बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएको हाे।

२०६० साल देखि यता निरन्तर कम्युनिस्ट आन्दोलनमा विभिन्न जिम्मेवारी पूरा गरेका राेकायाले नेकपा परित्याग गरेकाे घाेषणा गर्नुभएको हाे । पार्टीले भुगाेलमा खटेर काम गर्ने कार्यक्रता भन्दा पनि केन्द्रकै आसपास बस्ने मान्छेकाे कुरामा मनपरि ढंगले पार्टी चलाएकाे भन्दै नेकपा परित्याग गरेकाे बताइएकाे छ। आज सम्म कुनै पार्टीमा आवद्व थिए अब पार्टी परित्याग गरेपछि स्वतन्त्र तरिकाले धार्मिक सामाजिक सेवामा सधैं तनमनका साथ निस्वार्थ रुपमा लागि रहने राेकायाले बताउनुभयो ।

राेकाया हाल नेपाल बाेन समाज केन्द्रीय महासचिव तथा डाेल्पा बाेन समाजका उपाध्यक्ष हुनुहुन्छ।

हेर्नुस् पार्टी परित्याग गरेकाे विज्ञप्ति:

प्रस्तुत बिषयमा नेपाली समाजमा रहेकाे वर्गिय,जातिय,लैङ्गिक र क्षेत्रिय शाेषन, दमन,विभेद र उत्पिडनकाे बिरुद्ध न्याय,समानता सुशासन,राष्ट्रिय स्वाधिनता र जनजिबिकाकाे निमित्त २०६० साल देखि हालसम्म २१ वर्ष नेपाली कम्युनिष्ट आन्दाेलनमा जनयुद्ध हुँदै एकीकृत जनक्रान्ति सम्म ब्यक्तिगत जिबनकाे सबै रहर र आबश्यकताहरुलाई तिलाञ्जली दिएर पार्टी र क्रान्ति प्रति समर्पित भई निरन्तर आन्दाेलनकाे आबश्यकता अनुसारकाे जिम्मेवारीमा रहि काम गर्दै आएकाे सबैमा सर्वबिदितै छ ।

मैले पार्टी र क्रान्तिकाे मर्म, डाेल्पा जिल्ला र डाेल्पाली जनताकाे हितमा  गलत कार्य र कुराकाे क्रान्ति भित्रै क्रान्ति (अन्तरसंघर्ष) गर्दा पटक पटक अन्यायमा परेपनि सहनशिलताकाे साथ धैर्यता गरेकै हुँ । पछिल्लाे पटक एकचाेटी स्पष्टिकरण पनि नसाेधि एक्कासी गत श्रावण  महिनाकाे पार्टी स्थाई समितिकाे बैठकले मलाई निलम्बनकाे कार्वाही गरेकाे मैले थाहाँपाए पछि त्यसकाे कारण माग गर्दा पनि आधिकारिक जानकारी समेत नदिएकाे र नेतृत्वहरु सँग भेट्न खाेज्दा भेटपनि नदिएकाेले २०८१ पाैष ९ गते निसाफ र हिसाब मागेर लिखित पत्रचार गरेकाे महिनाैं सम्म पनि कसैबाट वास्ता र चासाे नदिएकाेले धैर्यताकाे बाँध टुटेर यस अघि सामाजिक सञ्जालमा आफ्नाे पीडा ओकल्ने काम म बाट भएकाे पनि सबैले बुझ्नुभएकै छ ।

आफ्नाे स्वार्थकाे लागि दलबदल गर्ने प्रवृतिलाई राजनैतिक वेश्वावृतिकाे रुपमा व्याख्या गर्ने म आफै आज पार्टी परित्यागकाे नमिठाे र अप्रिय निर्णय लिन बाध्य छुँ, यसकाे बाध्यातमक जरुरि भनेकाे पार्टीले मलाई निलम्बन गर्नुकाे कारण लिखित नदिए पनि मेराे निलम्बनकाे विषयमा पार्टीमा छलफलहुँदा नेतृत्व स्वयमकाे मुखबाट मलाई धर्म प्रचारमा लागेकाे, नेपाल बाेन बुद्धिष्ट महासंघकाे महासचिब बनेकाे र याे संस्था अमेरिकाकाे सहयाेगमा चल्ने र दलाई लामा नजिक रहेकाे भन्ने बुझेर मलाई पार्टीकाे जिम्मेवारीबाट निलम्बन गरेकाे कारण सुनाएकाे भन्ने सुनेपछि यसकाे लागि कर्णाली प्रदेश ईन्चार्ज सुशील सी लाई म र महासंघकाे अध्यक्षले खेद ब्यक्त गर्दै छानबिनकाे लागि माैखिक माग पनि गरेकाे थिएँ त्यसकाे पनि केहि जवाफ आएन, हाे म गर्वकाे साथ भन्छुँ म नेपाल बाेन बुद्धिष्ट महासंघकाे महासचिब भएर मेराे समुदायकाे पहिचान र अधिकारकाे लागी बिगत १ वर्ष देखि कृयासिल छुँ । नेपालकाे प्राचीन अल्पसंख्यक ऐतिहाँसिक बाेन समुदाए, नेपालकाे हिमाली भाेटे लामा समुदायकाे भाषा,धर्म, भेषभुसा र पहिचानलाई तिब्बतियनकाे बिल्ला भिराउनु, हाम्रा सामाजिक संघसंस्थालाई निर्वासित तिब्बति शरनार्थिहरुकाे दृष्टिकाेणले बुझ्नु भनेकाे हामी नेपालका हिमाली जनसमुदायहरुलाई अपमान गर्नु हाे अनागरिक,अराष्ट्रिय र गैह्रनेपालीकाे दर्जा दिनु हाे याे आपत्तिजनक व्यवहार प्रति म घाेर भ्रत्सना गर्दछुँ । तसर्थ पार्टी र नेतृत्वकाे याे खाले उत्पिडित समुदायकाे  पहिचान बिराेधि संकृण साेच र म पर्ति भएकाे अत्याचारकाे सिमा नाघे पछि आजैकाे मिति बाट मैले नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेकाे सबैमा यसै बिज्ञप्ति मार्फत जानकारी गराउँदै आगामि दिनमा म मेराे बर्ग,राष्ट्रियता र समुदायकाे हितलाई आफ्नाे कर्तब्य ठानि कर्म गर्नेछुँ ।

अन्त्यमा म जिम्मेवारीमा हुँदा पार्टीकाे उत्पादन अभियानमा डाेल्पाबाट ऋण गरेर केन्द्र र प्रदेश पार्टीलाई बुझाएकाे ब्ययभारकाे जिम्मेवारी  संस्थागत हुनेहुँदा त्यसकाे जवाफदेहि पार्टी नै हुने छ र पिडित मित्रजन कानुनी प्रकृयामा गएमा मेराे नैतिक सहयाेग र समर्थन हुनेछ । धन्यवाद