फागुन २७ लेख बुढा,
डाेल्पा: डाेल्पाे क्याम्पस दुनैमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विधार्थी युनियन स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विधार्थी संघ संग नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु बिच भिडन्त हुने भएकाे छ।
आज डाेल्पाे क्याम्पस स्ववियु सभापति पदकाे लागि कांग्रेस निकट नेविसंघका पञ्च बहादुर बुढा, सचिवमा कमला शाही र काेषाध्यक्षमा शर्मिला महतले उम्मेदवारी दर्ता गरेका छन। याे भन्दा पहिला एमाले निकट अनेरास्ववियु संग गठबन्धन गरेर सभापति जितेकाे नेविसंघ याे पटकको निर्वाचनमा तीन संगठन संग एक्लै चुनाव लड्न तयारी भएकाे हाे।
यस्तै एमाले निकट अनेरास्ववियु, समाजवादी निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको सयुंक्त प्यानलको उम्मेद्वारी दर्ता भएकाे छ। कम्युनिस्टहरुकाे तीन संगठनकाे तर्फबाट डाेल्पाे क्याम्पस स्ववियु सभापतिमा एमाले निकट गोकर्ण बुढाथोकी सचिवमा अनेरास्ववियु क्रान्तिकारी निकट भीम राणा र कोषाध्यक्षमा समाजवादी निकट अनेरास्ववियुकि सुष्मिता कार्कीकाे संयुक्त प्यानल उम्मेदवारी दर्ता भएकाे छ।
डाेल्पामा रहेकाे दुई वटा क्याम्पसमा स्ववियु निर्वाचन हुदैछ। डाेल्पाे क्याम्पस र लिकु संयुक्त क्याम्पसमा नेविसं र अन्य तीन संगठनले चुनाव लड्ने भएका छन। गठबन्धनमा डाेल्पाे क्याम्पसमा एमाले निकट अनेरास्ववियुले सभापति, लिकु संयुक्त क्याम्पसमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले सभापति लिने र समाजवादी निकट अनेरास्ववियुले दुवै क्याम्पसमा काेषाध्यक्ष लिने गरि सहमति भएकाे एक विधार्थी नेताले बताए ।
स्ववियु निर्वाचनमा विधार्थी भन्दा पनि राजनीतिक दलका नेताहरुलाइ चुनाव लागेकाे प्रस्ट देख्न सकिन्छ। एक बिधार्थीभने फाेक्सुुण्डाे खवर संग भने” भाेट हालेर काम छैन। चुनाव जिताउने मात्र हाे कामकुराे उहीँ शून्य हाे। म त भाेट हाल्न आउदैन गाउँ तिर हिन्छु। स्ववियु निर्वाचित व्यक्तिहरुले काम नगर्दा विधार्थीहरुमा चुनाव देखि वितृष्णा जागेकाे हुन सक्ने अनुमान गर्न सकिन्छ।
लिकु संयुक्त क्याम्पसकाे थप विवरण आउन बाँकी छ।