पत्रकार महासंघ डोल्पाको भवन शिलान्यास

जैतुन अनलाइन | 2025-03-10

फागुन २६,

डोल्पा  : नेपाल पत्रकार महासंघ डोल्पाको भवन शिलान्यास गरिएको छ । ठुलीभेरी नगरपालिकाका नगर प्रमुख श्ववर्ण कुमार बुढाले सोमवार चारकोठे भवनको शिलान्यास गरेका हुन । डोल्पा सदरमुकाम दुनैको जिल्ला अस्पताल नजिकै रहेको नेपाल पत्रकार महासंघ डोल्पा शाखाको आफ्नै जग्गमा भवनको शिलान्यास गरिएको हो ।

स्थापना कालदेखी भाडामा कार्यालय चलाउदै आएको नेपाल पत्रकार महासंघ डोल्पा शाखाले सोमवार भने भवन निर्माणको प्रकृया आधिकारीक रुपमा सुरु गरेको छ । पूर्व शहरी विकास मन्त्री एवम डोल्पा जिल्लाका प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले यहि आर्थिक वर्षमा ५० लाख रकम बिनियोजन गरिदिएपछि महासंघको भवन निर्माण हुने भएको हो । बुढाले ५० लाख रकम नगरपालिकावाट संञ्चालन हुनेगरी बिनियोजन गरिदिएपछि महासंघले नगरपालिकाको रोहवरमा निर्माण समिति गठन गरी प्रकृया अघि बढाएसँगै सोमवार भवनको शिलान्यास भएको नेपाल पत्रकार महासंघ डोल्पा शाखाका सचिव लेख बहादुर बुढाले जानकारी दिए ।

३ वटा कोठा एक सभाहल र एक सौचलय सहितको भवन निर्माण हुनेछ । सोमवार नगर प्रमुख बुढाले शिलान्यास गरेसँगै निर्माणको काम तिव्र रुपमा गरेर यसै आर्थिक वर्षमा नया भवन नेपाल पत्रकार महासंघ डोल्पा शाखालाइ हस्तानत्रण गर्ने निर्माण उपभोक्ता समितिका अध्यक्ष सरोज थापाले जानकारी दिए । अध्यक्ष थापाले भने निर्माणका अन्य सामाग्री सवै खरिद गरि सकिएको छ अव भवन निर्माण समयमै हुन्छ ।

ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारीले महासंघलाइ निशुल्क जग्गा दान गरेपछि भवन निर्माणको वाटो खुला भएको हो । जग्गा दान गर्ने वडा अध्यक्ष भण्डारी र भवन निर्माणको लागि बजेट व्यवस्थापन गरीदिने प्रतिनिधि सभा सदस्य एवम पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढालाइ नेपाल पत्रकार महासंघ डोल्पा शाखाले धन्यवाद ज्ञापन गरेको छ ।