डोल्पाका ३ स्थानीय तह र काठमाण्डौ महानगर बिच अन्तर स्थानीय तह सहकार्य र समझदारी

जैतुन अनलाइन | 2025-03-10
फागुन २६,
काठमाण्डौ : डोल्पा जिल्लाका ३ वटा स्थानीय तह र काठमाण्डौ महानगरपालिका बिच अन्तर स्थानीय तह सहकार्य गरिएको छ । सोमवार काठमाण्डौ महानगरपालिका उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा डोल्पाका ३ वटा स्थानिय तहका प्रमुख र प्रतिनिधिहरु बिच अन्तर स्थानीय तह एवम स्थानीय तह मित्रता सम्बन्ध कायम गरिएको हो ।
डोल्पाका माथिल्लो क्षेत्रमा पर्ने  शे-फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र काठमाण्डौ महानगरपालिका विच अन्तर स्थानिय तह सहकार्या तथा स्थानिय तह मित्रता सम्बन्ध कायम गरिएको  र  ३ वटै स्थानिय तहहरुका जनप्रतिनिधी,कर्मचारीहरु बीच  छलफल गरि बिभिन्न विकास तथा पर्यटन क्षेत्रका बिषयमा सहमति समेत गरिएको शे-फोक्सुण्डो गाउँपालिका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गले जानकारी दिए ।
उपाध्यक्ष गुरुङ्गका अनुसार  (१)  डोल्पाका माथिल्लो भेगमा पर्ने ३ स्थानीय तह र काठमाण्डौ महानगरपालिका बीच अन्तर स्थानिय तह मित्रता कायम गरिदिने (२)  Ambulance (Excavator/ Roller Machine/ Tractor- for an alternative) तथा अन्य बिकासी सहयता सम्बन्धमा समेत सहयोग गर्ने (३) डोल्पामा पाईने जटीबुटी, दुग्धजन्य पदार्थ तथा पशुवस्तु जन्य पदार्थको लागि बजारीकरण तथा निशुल्क ढुवानी सहयोग गरिदिने र (४) काठमाण्डौ महानगरपालिकाले डोल्पाको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा सम्बन्ध कायम गर्ने सम्बन्धमा बिशेष प्राथमिकता राखेर छलफल गरिएको बताए ।
यसरी भएका छलफल र अन्तर स्थानीय तह विच भएको समझदारीले माथिल्लो डोल्पाका स्थानीय तहहरुलाइ विकासमा थप टेवा पुग्ने समग्र रुपमा डोल्पाले यो समझदारीवाट भरमग्दुर फाइदा लिन सक्ने अपेक्षा गरिएको उपाध्यक्ष गुरुङ्गको बुझाइ छ । उपाध्यक्ष गुरुङ्गले भने प्रमुखको कार्य व्यस्तताको कारण उपप्रमुखसँग छलफल गरिएको हो ।
बैठकमा माथिल्लो डोल्पाका जनप्रतिनिधि कर्मचारीहरु र  महानगरपालिकाको उपप्रमुख सुनिता डंगोल  निमित्त प्रमुख प्रशासकिय अधिकृत कानुन तथा बिभागिय प्रमुख बसन्त आचार्य लगायत उपस्थित रहेका थिए। यो छलफल निकै फलदायी रहेको र समग्र डोल्पा जिल्लाले फाइदा लिने अपेक्षा गरिएको माथिल्लो डोल्पाका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन ।