फागुन २५,
सुर्खेत : नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरखबहादुर बोगटीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जिकिर गरेकाछन । आफ्नो फेसबुक वालमा लेख्दै करिब दुईसय पचास बर्षसम्म नेपाली जनताले तत्कालीन निरंकुशतन्त्रबाट सास्ती भोग्नुपरेको तीतो यथार्थतालाई आजका न्यायप्रेमी एवम् सचेत नेपाली जनताले अवश्य पनि भुलेका छैनन् भन्दै राजाले नहौसिन समेत सझाव दिएका छन।
वऊटी भन्छन मानवसागररुपी संयुक्त जनआन्दोलनको बलबाट बडारेर चिहानमा पुर्याएको राजतन्त्र फेरि फर्केर आउँछ भनेर कोही कसैले दिवासपना नदेखे हुन्छ । यो भ्रममा परेर कोहीकसैले आफ्नो मुल्यवान समयलाई खेर नफालौं । गणतन्त्रको विकल्प राजतन्त्र हुनैसक्दैन भन्ने ध्रुवसत्य तथ्यलाई विश्वास गरौं । गणतन्त्रको रक्षा गर्न र यसलाई थप सुदृढ बनाउन परिवर्तनकामी शक्तिहरु एकजुट भएर शशक्त ढंगले लाग्नु पर्ने बताए।