फागुन २५,
सुर्खेत : दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा मुल आयोजक समितिको सचिवालय स्थापना भएको छ । आइतवार एक कार्यक्रमका विच कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश रंगशाला सुर्खेतमा स्थापना भएको हो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले सचिवलाय स्थापनाको उद्धघाटन गरेका हुन ।
सचिवालय स्थापना समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले भने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना हुनु हाम्रा लागि अवसर हो। प्रतियोगिताको सफल आयोजनाले खेलकुदसँगै सामाजिक,आर्थिक र सामर्थ्यका दृष्टिकोणले पनि हाम्रो पहिचान हुन्छ। हाम्रो ठाउमा आर्थिक कारोबार बढ्छ। हामीले सबै प्रदेशको सभ्यता पनि बुझ्छौं।
राष्ट्रिय खेलकुद प्रतियोगिता भएकाले यो भव्य हुन्छ। यति भव्य प्रतियोगिताको सफल आयोजना सामुहिक प्रयत्न र ऐक्यबद्धताबाट मात्र सम्भव छ। हामीसँग भएको सिमित स्रोतसाधनको व्यबस्थापन मितव्ययी भएर गर्यौ भने अभावका विच पनि कार्यसम्पादन गर्न सकिन्छ भनेर मुख्यमन्त्री कंडेलले थप प्रष्ट पारे।
दशाैँ राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे लागि सुर्खेत रंगशालामा आजबाट सचिवालय स्थापना भएकाेसंगै खेलकुद २०८२ जेष्ठमा हुने पक्का भएको छ । अब ताेकिएकाे समयमा (२०८२ जेठ ३ -१० सम्म) प्रतियाेगिता सम्पन्न गर्न सम्बद्व सबै आ – आफ्नाे ठाँउबाट जुटाैँ । मुख्यमन्त्री कंडेलले सवैलाइ आग्रह समेत गरे ।
कंडेलले भने जेठको महिना सुर्खेतमा प्रतियोगिता आयोजनाका चुनौती हुन्छन। तथापि चुनौतीका बावजुत प्रतियोगिता आयोजना गर्न सकिन्छ र गर्दैछौं भन्ने कुराको जनमत श्रृजना आयोजकहरुसँगै कर्णालीवासीले गर्नुपर्दछ। कार्यक्रममा उपस्थित युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद अलमल पर्नु हुदैन। र पत्रकार मित्रहरुले पनि प्रतियोगिता सम्पन्न गर्न सकिन्छ भन्ने जनमत श्रृजना गर्नुपर्दछ। सकारात्मक जनमतले मात्र सबैलाई उत्साहित बनाउन मद्दत गर्दछ। अव आगामी जेष्ठ २०८२ मा दशाैँ राष्ट्रिय खेलकुद प्रतियाेगिता हुने पक्का जस्तै देखिएको छ । आउने चैत्रमा हुने भनेर प्रदेश सरकार तयार रहे पनि राष्ट्रिय खेलकुद परिषद तयार नदेखिएकोले अब खेल जेष्ठमा हुने भएको छ ।