फागुन १८,
डोल्पा : निर्माणाधिन सड्कको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीले स्थलगत अनुगमन गरेकाछन । स्थलगत अनुगमन पछि मन्त्री बुढाले भने सड्कको काम द्रुत र मापदण्ड अनुसार बनेको देख्दा खुसि लागेको छ । कर्णाली प्रदेश सरकारका भौतिक मन्त्री शेर बहादुर बुढा गृह जिल्ला आएको बेलामा आफैले जिम्मेवारी सम्हालेको मन्त्रालयको निर्माणाधिन सड्क त्रिपूरा सुन्दरी नगरपालिका ३ र ४ मा पर्ने जिउ खोर खोला देखि सु गाउँ हुँदै रङ्ग गाउँ सम्म सडक आईतवार स्थलगत अनुगमन गरेका हुन । डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत र पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितान सहित सञ्चारकर्मिहरुका साथ सड्कको स्थलगत अनुगमन गरेका छन ।
कर्णाली प्रदेश सरकारको गत आर्थिक बर्षमा ठेक्का खोलिएको यो सड्क श्री जिटी कन्सटर्कशन बिरेन्द्रनगरले २०८१ साल असार १९ गते सम्झौता गरेर काम थालेको पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले जानकारी दिए । कार्यालय प्रमुख हितानका अनुसार कुल ४ करोड ४५ लाख ९० हजार ४ सय ६४ रुपैया २० पैसामा यो सड्क निर्माणको सम्झौता भएको र सड्क निर्माणकार्य २०८३ साल असार १८ गते भित्र सम्पन्न गरी सक्नुपर्ने मिति रहेको बताए । हाल यो सड्कको निर्माणकार्य त्रिपूरा सुन्दरी नगरपालिका ४ को रङ्गवाट वडा नम्वर ३ को सु गाउँ तिर निर्माण हुदैछ भने अर्को जिउको खोरखोला तिर कडा चट्टानको काम भइ रहेको छ ।
आइतवार सड्क निर्माण स्थलमै पुगेका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले भने यो सड्क सवैभन्दा राम्रोसँग द्रुतगतिमा काम भएको र मापदण्ड अनुसार काम भएको बताए । मन्त्री बुढाले भने निर्माण व्यावसायीलाइ तपाई काम समयमा सम्पन्न गर्नुस भुक्तानीमा कुनै समस्या हुदैन तर मापदण्ड अनुसारको सड्क निर्माण गरेर जनता सन्तुष्ट हुने गरी काम होस । यो सड्क निर्माण भए त्रिपूरा सुन्दरीको ४ वाट ३ नम्वर वडा हुदै सिधै जुफाल बिमानस्थल जान सजिलो हुनेछ । मन्त्री बुढा आफै सड्क निर्माण स्थलमा पुगेपछि निर्माण व्यावसायीका आयोजना हेर्ने बल बहादुर ओलीले भने हामी काम यसै आर्थिक बर्षमा सम्पन्न हुनेगरी काम गरि रहेको छौ मन्त्री ज्युको यो भरोसाले काममा झनै उत्साह बढेको ओलीले सुनाए ।
सरकारले निकै राम्रो कमका लागि यो सड्क निर्माण गर्न लागेकोले सवै खुसि रहेको स्थानीय बिरप्रसाद बोहोराले खुसि ब्यक्त गरे । बोहोराले भने केहि स्थानीयको जग्गामा क्षति भएकोले दुखि हुनु भएको छ तर सड्कले दिने फाईदा बुझि सकेकोले सवै खुसिनै छन । त्रिपूरा सुन्दरी नगरपालिकाको ४ र ३ नम्वर वडा स्याउ,ओखर र अन्य दलहन वालीको मुख्य उत्पादन क्षेत्र भएकोले बजारीकरणका लागि हाल निर्माण हुने सड्कले स्थानीयलाइ सवैभन्दा धेरे लाभ मिल्ने धेरेको बुझाई रहेको छ ।