नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाको अध्यक्षमा जयबहादुर बस्नेत

जैतुन अनलाइन | 2025-03-01

फागुन १७, 

डोल्पा : नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाको अध्यक्षमा जयबहादुर बस्नेत सर्वसम्त चयन भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाको १४ औं जिल्ला अधिवेशनवाट बस्नेत संगठनको अध्यक्षमा चयन भएका हुन । संगठनको
त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरमा सम्पन्न १४‍औँ जिल्ला अधिबेशनले जयबहादुर बस्नेतको नेतृत्वमा ११ सदस्यीय  जिल्ला कार्यसमिति  गठन भएको छ ।

नेकपा (एमाले) निकट शिक्षकहरुको भातृसंगठन  नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाको फागुन १६ गते  १४ औं जिल्ला अधिवेशन उद्घाटन भई १७ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाका नव निर्वाचित अध्यक्ष जय बहादुर बस्नेतले जानकारी दिए । नव निर्वाचित अध्यक्ष बस्नेतका अनुसार आफ्नो अध्यक्षतामा उपाध्यक्षमा भीमबहादुर बुढा, महिला उपाध्यक्षमा कमला हमाल, सचिवमा धनबहादुर धराला,सह-सचिवमा खगीसरा पुलामी (बोहोरा), कोषाध्यक्षमा एकबहादुर बुढा,सह-कोषाध्यक्षमा नन्दबहादुर शाही सर्वसम्मत चयन छन ।

त्यसैगरी पालिका सदस्यहरुमा मोहनलाल केसी,इन्द्रबहादुर बोहोरा,विष्णुप्रसाद बोहोरा,गोरखबहादुर बुढा,केशब थापा,प्रकाश थापा र भैरब विष्ट चयन भएका छन ।नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय प्रतिनिधिमा तुलबहादुर विष्ट, यामप्रसाद गौतम,सल्लाहकार भीमबहादुर धराला कर्णाली प्रदेश अध्यक्ष मोहन गौतम प्रदेश महासचिव अक्कर पुन प्रदेश सदस्य भीमबहादुर रोकायाको विशेष उपस्थितिमा अधिबेशन सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए । नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाको नव निर्वाचित जिल्ला समितिलाइ नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोरा,कार्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री एवम कर्णाली प्रदेश कमिटी सदस्य शेर बहादुर बुढा,अन्य प्रदेश कमिटी सदस्यहरु र नेकपा (एमाले) डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले समेत बधाई तथा सफल कार्याकालको शुभकामना प्रदान गरेकाछन ।