फागुन २१ देखि डाेल्पामा फरकफरक मितिमा किशोरीलाई HPV खाेप लगाइने

जैतुन अनलाइन | 2025-02-28

फागुन १६- लेख बुढा,

डाेल्पा : राष्ट्रिय खाेप कार्यक्रम एच पि भी खाेप अभियान २०८१ अन्तरगत स्वास्थ्य सेवा कार्यालय डाेल्पाले विभिन्न स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मी परिचालन गरि यहीँ फागुन २१ गते देखि किशोरीहरुलाई HPV खाेप लगाउने भएकाे छ। किशोरीहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर हुन नदिन राष्ट्रिय खाेप कार्यक्रम अनुसार १५ बर्ष मुनिका किशोरीहरुलाई एच पी भी खाेप लगाउन लागिएको हाे।

सरकारले गत माघ २२ देखि फागुन ६ गते सम्म एच पि भी खाेप अभियान संचालन गरेतापनि हिमाली जिल्ला डाेल्पामा यहीँ फागुन २१ गते देखि विभिन्न मितिमा विभिन्न ठाउँ खाेप अभियान सुरु गरिने भएकाे छ। याे अभियानमा कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विधालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई एच पि भि खाेप लगाईने भएकाे छ। ह्युमन प्यापिलाेमा भाइरसकाे कारण किशाेरीहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर हुने भएकाे हुदा एच पी भी खाेप लगाउन लागिएको हाे।

पहिले ६/६ महिनामा गरेर दुई डाेज लगाउनु पर्थ्याे हाल एकै डाेज लगाउनु पर्ने छ। नेपालमै तथ्यांकअनुसार ८८ प्रतिशत महिलामा पाठेघरकाे मुखकाे क्यान्सर हुने गर्दछ। दुई लाख महिलामा संक्रमन हुने र प्रत्येक बर्ष १३ सय १३ र प्रत्येक दिन ४ जना महिला पाठेघरकाे मुखकाे क्यान्सरको कारण मृत्युु हुने गर्दछ। किशोरीहरुलाई पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्धकाे एच पि भि खाेप डाेल्पा जिल्लामा यहीँ फागुन २१ गते देखि विभिन्न मितिमा विभिन्न ठाउँ संचालन गरिदै छ । स्वस्थ्य सेवा कार्यालय डाेल्पाकाे अनुसार जगदुल्ला गाउँपालिकामा मिति २०८१ फागुन २१ गते देखि २३ गते सम्म संचालन हुने छ।

मुड्केचुला गाउँपालिकामा मिति २०८१ फागुन २१ गते देखि २६ गते सम्म खाेप अभियान संचालन हुने छ। काईके गाउँपालिकामा मिति २०८१ फागुन २२ गते देखि २६ गते सम्म संचालन हुने छ। ठुलीभेरी नगरपालिकामा मिति २०८१ फागुन २२ गते देखि २५ गते सम्म खाेप अभियान संचालन हुने छ। त्रिपुरासुन्दरी नगरपालिकामा मिति २०८१ फागुन २३ गते देखि २७ गते सम्म खाेप अभियान संचालन हुने छ। शे-फाेक्सुण्डाे गाउँपालिकामा मिति २०८२ बैशाख १ गते देखि ७ गते सम्म खाेप अभियान संचालन हुने छ।

डाेल्पाेबुद्व गाउँपालिकामा मिति २०८२ बैशाख १२ गते देखि १७ गते सम्म खाेप अभियान संचालन हुने छ। छार्काताङसाेङ गाउँपनलिकामा मिति २०८२ बैशाख १४ गते देखि १९ गते सम्म खाेप अभियान संचालन हुनेछ। डाेल्पा जिल्लामा बिधालय जाने कक्षा ६ देखि १० सम्मका २ हजार १ सय ४५ जना र विधालय नजाने १० देखि १४ बर्षका २ हजार ४ सय २६ जना किशोरीलाई पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धको एप पि भि खाेप लगाउने लक्ष रहेकाे एच पि भि खाेप अभियान डाेल्पाका सूचना अधिकारी टेक बहादुर गुरुङले जानकारी दिनुभयो। गुरुङका अनुसार जिल्लाभर ७७ जना स्वास्थ्यकर्मी र १ सय ५४ जना स्वयंसेवक परिचालन गरिने भएकाे छ। जिल्लामा बिधालयमा ४४ वटा र अन्य ३३ गरि जम्मा ७७ वटा खाेप केन्द्रहरु रहेका छन।