बर्षा र हिमपातले किसान उत्साहित : हिउँका तस्विर

जैतुन अनलाइन | 2025-02-28

फागुन १६,

डोल्पा : बिहिवार देखी परेको बर्षा र हिमपातले किसान उत्साहित भएकाछन । बिहिवार साँझदेखी डोल्पामा निरन्तर बर्षा भइ रहेको छ भने माथिल्लो डोल्पा हिउले ढाकेको छ । करिव २४ घण्टा देखी निरन्तर बर्षा र हिउ परि रहेको छ । यसरी किसानले खेतिपाती गर्ने समयमा हिउँ र बर्षा भएपछि भने किसानलाइ धेरै राहत मिलेको छ ।

तल्लो डोल्पामा खेतवारीमा वाली लागउने समय भएको हुदा यो बर्षाले निकै ठुलो राहत मिलेको जगदुल्लाका कृषक प्रेम लामाले बताए । लामाले भने यो बर्षाले कुनैपनि क्षति नहुनेगरी जमिन भिजाएको छ खेतवारी जोत्नेवाेलमा यसरि पानी परेपछि खुसिको सिमा नै छैन । यसरी फागुनमा पानी पर्नु किसानहरुका लागि ठुलो राहत भएको कर्का किसान सुरेन्द्र बोहोराले सुनाए । उच्च भुभागमा हिउँ परेको छ यस्ले जेष्टबाट पाइने बहुमुल्य जडिवुटी यार्सागुम्बा समेत उत्पादन हुनेमा आसा पलाएको बोहोराले बिश्वास गरे ।

जगदुल्ला गाउँपालिका थापागाउँ र आसपास क्षेत्र तस्विर : बसन्त लामा

पशुचौपायाहरु दुब्ला हुने समय भएकोले यति वेला परेको हिउँ र पानिले भने निकै समस्या आउने गर्दछ । फागुनमा पानि सँगै हिउँपनि परेकोले जनजिवन भने केहि कष्टकर भएको जगदुल्लाका स्थानीय रामचन्द्र बस्नेत (भाष्कर) बताए । बस्नेतले भने जगदुल्लाको पूरै क्षेत्र हिउँ जमेको छ बिहानदेखी मानिसहरु छिटफुट वाहिर निस्केका छन भने पशुचौपायाहरु गोठमै थुनिएकाछन । चिसो धेरै बढेपछि पशुबस्तुहरुलाइ चरणको कठिनाइ भएपनि किसानको लागि भने धेरै ठुलो राहात भएको बस्नेतले बताए ।

धुलो र तुवालोले गर्दा भाइरल रुघाखोकि र ज्वोरोले सताइ रहेको बेलामा निरन्तरको बर्षा र हिमपातले स्वास्थ्यमा समेत टेवा पुगेको छ । दुइ दिनदेखी बर्षा हिउँ परेपनि डोल्पामा भने प्राकृतिक रुपमा कतै पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नावय उपरिक्षक हिरकृष्ण केसीले जानकारी दिए । डिएसपी केसिले भने बर्षाले कतै कुनै क्षेति गरेको छैन भने सड्क पनि सवै निर्वात रुपमा सुचारु रहेका छन बर्षा रोकियो भने केहि कतै प्राकृतिक रुपमा क्षेति नहोला भन्न भने अहिले नै भन्न नसकिने बताए ।

जगदुल्ला गाउँपालिका काईगाउँ तस्विर : रामचन्द्र बस्नेत (भाष्कर)

माथिल्लो डोल्पा हिउँले पूरै ढपक्क ढाकेको छ । फागुन मै भएपनि हिउँ परेपछि भोटवासी पनि उत्साहित भएकाछन । मािथल्लो डोल्पामा पर्ने तिनवटा स्थानीय तहमा हिउँले ढाकेको छ भने चिसो अत्याधिक मात्रामा बढेको स्थानीय छुनछोयक्या लामाले सुनाए । याक चौरी र घोडा तल्लो डोल्पा तिर भएकोले घरमा च्याङ्ग्राहरु मात्रै हुने र खोरमै थुनेर घाँस दान दिएका छौ बाहिर हिउले निस्कन सक्ने अवस्था छैन लामाले बताए । उनि भन्छन हामीलाइ हिउँ परेर फाइदा पनि हुन्छ र घाटा पनि हिउँ पहिरोले गर्दा चरण क्षेत्रमा रहेका चौरी बगाइ क्षेति हुने चिन्ता धेरै हुन्छ तर खेतीका लागि भने हिउँ पर्नु राम्रो हुन्छ ।

फागुनमा परेको हिउँले जमिन ताति सकेको हुनाले जमेको हिउँ छिटो बग्ने भएकोले भाथिल्लो डोल्पाका चौरी हिउँ पहिरोको उच्च जोखिममा हुने गर्दछन । तल्लो क्षेत्रका बनमा रहेका चौरीहरु हिउँ पहिरोमा परेर हरेक बर्षा क्षति ब्यहोरी रहेका हुन्छन । तल्लो डोल्पाका केहि क्षेत्रमा दुइ ईन्च भन्दा धेरै हिउँ जमेको छ भने माथिल्लो डोल्पामा आधा फिट सम्म हिउँ जमेको अनुमान गरिएको छ ।  निरन्तरको बर्षा सँगै चिसो बढि रहेकोले वालवालिका र बृद्धाहरुलाइ चिसोवाट जोगिन चिकित्सकले सल्लाह दिएकाछन । यस्तो बेलामा न्यानो गरि बस्न र झोलिलो खानेकुरा खान चिकित्सकको सुझाव छ ।

जगदुल्ला गाउँपालिका काईगाउँ तस्विर : रामचन्द्र बस्नेत (भाष्कर)

जगदुल्ला गाउँपालिका काईगाउँ तस्विर : रामचन्द्र बस्नेत (भाष्कर)

जगदुल्ला गाउँपालिका काईगाउँ तस्विर : रामचन्द्र बस्नेत (भाष्कर)

जगदुल्ला गाउँपालिका काईगाउँ तस्विर : रामचन्द्र बस्नेत (भाष्कर)

जगदुल्ला गाउँपालिका थापागाउँ र आसपास क्षेत्र तस्विर : बसन्त लामा

जगदुल्ला गाउँपालिका थापागाउँ र आसपास क्षेत्र तस्विर : बसन्त लामा