फागुन १४,
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताएका छन् । आज लेकबेसी नगर कमिटीले आयोजना गरेको दुई दिने नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेले अवसर पाउँदा र सरकार सञ्चालन गर्दा देशको विकासले लिने गरेको मुख्यमन्त्री कँडेलले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेतृत्व गरे पछि मात्र विकासले गति लिने गरेको मुख्यमन्त्री कँडेलले भनाई थियो । नेकपा एमाले जनताले विश्वास गरेको पार्टी हो त्यसकारण चुनाव जित्न अहिलेकै सख्यले पुगे पनि देश बनाउन अरु आवश्यक हुने भएकाले जनतालाई बुझाउन पार्टीले जरा अभियान चलाएको मुख्यमन्त्री कँडेलले बताए ।
नेकपा एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । नेकपा एमालेमा विगतमा सदस्य धेरै हुने र चुनावमा बाकसमा कम मत आएको हुनाले आफ्नो सदस्यता आफै नवीकरण गर्ने नीति लिएको हुनाले जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनु पर्ने मा मुख्यमन्त्री कँडेलको जोड थियो ।