फागुन ११,
डोल्पा : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मुड्केचुला गाउँ कमिटीको अध्यक्षमा जग बहादुर बुढा सर्वसम्मत चयन भएका छन । मुड्केचुला गाउँपालिकाको चौथो अधिवेशन बाट अध्यक्षमा जगबहादुर बुढाको अध्यक्षतामा २८ सदस्यिय गाउँ कमिटी गठन भएको हो ।
नेकपा (एमाले) मुड्केचुला गाउँपालिकाको चौथो अधिवेशनवाट जग बहादुर बुढा अध्यक्ष, उपाध्यक्षमा दुर्गा बोहोरा (बुढा), सचिवमा गोनर बहादुर बोहोरा(बिदेशी), सह- सचिवमा कर्णलाल बोहोरा र सह- सचिवमा भानुभक्त बुढा सर्वसम्मत चयन भएका हुन ।
त्यसैगरी गाउँ कमिटीको सदस्यहरुमा कृति बहादुर सिंह,बिर बहादुर थापा,भिमसरा बुढा(बोहोरा),लाल बहादुर बोहोरा, हर्क सार्की, खड्क परियार, देबिचन्द्र बुढा,जुन बहादुर रोकाया,रुद्रराशि बोहोरा,सरिता बि.क.,धर्ममैया सिंह,रुन्जा बि.क, जुन बहादुर सुनुवार,जगलाल रोकाया, कन्नरुपा बुढा,बिष्णु लामा,जित रोकाया,मन बहादुर बुढा,मेनुका रोकाया,मोति बहादुर शाही,जयलाल रोकाया,लक्ष्मी रोकोया( बोहोरा) र जयरुपा रोकाया(बुढा) चयन भएको नेकपा (एमाले) मुड्केचुला गाउँपालिका ईन्चार्ज गोपाल बिकले जानकारी दिए ।

शनिवार मुड्केचुला गाउँपालिकाको केन्द्र रहेको नर्कुमा उद्धघाटन पछि बन्दसत्रवाट पालिकाको नयाँ नेतृत्व चयन गरी आइतवार बृहत कार्यक्रमका बिच घोषणा गरिएको हो । पालिका कमिटीको घोषणा सभामा नेकपा (एमाले) का बिभिन्न तप्ताका नेताहरुले शुभकामना मन्तब्य राखेका थिए । शुभकामना दिने क्रममा नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले भने मुड्केचुलामा नेकपा माओवादी केन्द्रले अतिवाद र मनोमानी गरी रहेकोले यस्ता गलत कार्य गर्ने जनप्रतिनिधि देखी कर्मचारीहरुलाइ निगारानी नेकपा (एमाले)ले गर्ने भन्दै समयमा सच्चिएर जनताको हितमा काम गर्न संकेत गरे ।
झुट र पैसाको द्रुपयोग गरेर जनतालाइ भ्रममा राखेर माओवादीहरुले सरकार चलाइ रहेकोले अव कुनै हिसावले नेकपा (एमाले)ले त्यस्ता झुट र जालझेल गर्ने कार्य गर्न नदिने भन्दै बिधि र पद्धतीमा काम गरेर देखाउन चेतावनी समेत अध्यक्ष रोकायले माओवादीलाइ दिए । रोकायाले थपे अब हरेक कुरामा हिसाव हुन्छ खवरदारी हुन्छ नेकपा (एमाले)ले कोही कसैले गरेका हरेक गलत कार्यको भण्डाफोर गरेर जान्छ ।
नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले नवा निर्वाचित गाउँ कमिटीका पदाधिकारीहरुलाई शुभकामना दिदै भनिन अव पार्टिका हरेक क्रियाकलापहरु सक्रिय रुपमा लाग्नुपर्ने बेला आएको छ तपाइहरु आजै देखि लाग्नुस । पार्टिले थालेको ३ महिने वडा केन्द्रित अभियान पनि चलि रहेकै हुनाले आफुले पाएको जिम्मेवारी बहन गरेर अभियान केन्द्रित हुन र मिसन ८४ लाई मुख्य लक्ष्यमा राखेर जान निर्देशन समेत बोहोराले दिइन ।
मुड्केचुला गाउँपालिकाको चौथो अधिवेशनमा नेकपा (एमाले) कर्णाली प्रदेश सदस्यहरु,पालिकाका ईन्चार्ज,नेकपा (एमाले) डोल्पाका पदाधिकारीहरु र अन्य नेताहरुको उपस्थिति रहेको थियो । नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले नव निर्वाचित पदाधिकारिहरुलाई पद तथा गोपनियताको सफतग्रहण गराएका थिए । कार्यक्रममा पालिकाका ९ वटै वडाका नेता तथा कार्यक्रताहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने स्थानीय कला संस्कृति झल्कने झाँकी समेत प्रर्दशनि गरेका थिए । मुड्केचुला गाउँपालिका चौथो पालिका हो अधिवेशन गराउने भने काईके गाँउपालिकाले यहि १५ गते पालिका अधिवेशन गर्ने भएको छ ।