नेकपा (एमाले) ठूलिभेरी नगर कमिटीको अध्यक्षमा जुद्ध रोकाया सर्वसम्मत

जैतुन अनलाइन | 2025-02-18
फागुन ०६,
डोल्पा : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ठूलिभेरी नगर कमिटीको अध्यक्षमा जुद्ध बहादुर रोकाया सर्वसम्मत चयन भएका छन । ठुलीभेरी नगरपालिकाको तेस्रो अधिवेशन बाट अध्यक्षमा  जुद्द बहादुर रोकाया, उपाध्यक्षमा जीत बहादुर शाही, सचिवमा गोपाल शाही, उप- सचिवमा दिपलाल कार्की र उप- सचिवमा मेनुका भण्डारी सर्वसम्मत चयन भएका हुन ।
मंगलवार घोषणा गर्दै ठुलीभेरी नगरपालिकामा जुद्ध बहादुर रोकायाको अध्यक्षतामा ३५ सदस्सिय नगर कमिटी गठन भएको कर्णाली प्रदेश सदस्य एवम ठुलीभेरी नगरपालिकाका ईन्चार्ज पूर्ण बहादुर डाँगीले जानकारी दिए । ईन्चार्ज डाँगीले भने सोमवार उद्धघाटन पछि बन्दसत्रमा गएपनि राति नै भई सकेको र केही आन्तरिक पक्षमा सहजीकरण गर्नुपर्ने भएकाले मंगलवार नगर कमिटी घोषणा भएको हो ।

व निर्वाचित नगर कमिटीका पदाधिकारीहरुलाइ नेकपा (एमाले) डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले पद तथा गोपनियताको सफतग्रहण गराएका छन । घोषणा सभाको आयोजना गरी  नयाँ नेतृत्वलाइ डोल्पा ईन्चार्ज प्रदेश कमिटी सदस्यहरु र अन्य जिल्लाका नेताहरुले स्वागत गरेर सफल कार्यकालको शुभकामना दिएका छन ।

अव आउने नगर कमिटीको नेतृत्वलाइ ठुलीभेरी नगरपालिकामा ठुलो चुनाौति रहेको छ । २०७४ मा नेकपा (एमाले) ले सरकार चलाए पनि २०७९ मा भने निकै साँघुरो हिसावले खुम्चिएको हुदा  मिसन ८४ अर्थात पुन नेकपा (एमाले) ले स्थानीय सरकारको नेतृत्व दिलाउनका लाग्न पर्ने समय आएको  र  यसका साथै नेकपा (एमाले) को वडा तहको ३ महिने अभियालाइ पनि तिव्रता दिन नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले आग्रह गरे।

ठुलीभेरी नगरपालिकाको तेस्रो अधिवेशनले पूर्णता पाएसँगै पार्टीका सवै कृयकलापहरु दैनिक रुपमा लागि लाग्न पर्ने नेकपा (एमाले) केन्द्रिय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले बताइन । बोहोराले भनिन अब यो या त्यो बहानामा छुट कुनैपनि नेतालाइ छैन जो जस्ले जहाँ जुन पदको जिम्मेवारी लिनु भएको छ त्यहि अनुसार वडामा केन्द्रित हुनुपर्छ । नेकपा (एमाले) अझै सशक्त बनाउन यो ३ महिने अभियान चलि रहेको र यस्का साथै हरेक पालिकाले २०८२ का लागि सदस्यता समेत नविकरण गर्नुपर्ने सूचना जारी गरी सकेको छ । नेकपा (एमाले)का नयाँ मात्रै हैन पूराना सदस्यहरुको पनि अव अनलाइन र कम्प्युटरमै राखेर नविकरण गरिनेछ ।

यसका साथै अब डोल्पामा पालिका अधिवेशन गर्ने त्रिपुरा सुन्दरी नगरपालिका दोस्रोमा परेको छ भने पहिलो पालिका जगदुल्ला रहेको छ ।ठुलीभेरी नगरपालिका तेस्रोमा परेको छ पालिका अधिवेशन गर्नेमा भने फागुन १० गते मुड्केचुला गाउँपालिका र त्यसपछि २७ गते काइके गाउँपालिका को पालिका अधिवेशन हुने मिति तय भएको छ । माथिल्लो डोल्पामा बैशाख २०८२ देखी पालिका अधिवेशन गरिनेछ ।