फागुन ०४,
दुनै : नेकपा (एमाले) डोल्पा ठुलीभेरी नगरपालिकाको तेस्नरो गर कमिटीको अधिवेशन उद्धघाटन भएको छ । सोमवार नेकपा (एमाले) ठुलीभेरी नगरपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा दुनैमा नगर कमिटीको अधिवेशन शुभारम्भ भएको हो । नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोरा र नेकपा (एमाले) डोल्पा पार्टी अध्यक्ष लंक बहादुर रोकायाले दिप प्रज्वलन गरेर तेस्रो नगर कमिटी अधिवेशनको उद्धघाटन गरेका हुन ।
चौथो अधिवेशन उद्धघाटन सत्रमा नेकपा (एमाले) डोल्पाका बिभिन्न तहका नेताहरुले शुभकामना राख्नेछन भने त्यसपछि बन्दसत्र सुरु हुनेछ । नगर कमिटीको अधिवेशनमा अध्यक्ष सहित अन्य पदाधिकारीहरुमा आकाँक्षीहरुले छलफल पछि सर्वसम्मत टुङ्गयाउने सोचमा नेताहरु रहेकाछन । जिल्लामा भएका पालिका अधिवेशनहरु सर्वसम्मत भएको कारण ठुलीभेरी नगर कमिटी पनि सर्वसम्मत हुने ठुलीभेरी नगरपालिका ईन्चार्ज पूर्ण बहादुर डाँगीले जानकारी दिए ।
नगर कमिटी अधिवेशन सँगै नेकपा (एमाले) को वडा तह सम्मको तिन महिने अभियान समेत संगसँगै लैजाने र अभियानको काम पनि तिव्र भइ रहेको नेकपा (एमाले) डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिए । रोकायले भने हरेक दिन हरेक नेताहरुले तोकिएको जिम्मेवारीमा रहेर अभियानमा काम गरि रहेका छन र नगरेकाहरुको पनि तथ्याङ्क राखिएको बताए ।
नेकपा (एमाले) डोल्पा जिल्ला सवै भन्दा ठुलो पार्टि रहेको र अव स्थानीय तहका अधिवेशनका साथै ३ महिने अभियानले झनै ठुलो लहर एमालेमा आउने केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला इन्चार्ज बदमीक्वारा बोहोराले बताइन । बोहोराले भनिन ८४ मा पनि ठुलीभेरी नगरपालिकामा नेकपा (एमाले) ले नेतृत्व गर्छ हरेक क्षेत्रवाट सवै लागि पर्न जरुरी छ ।
ठुलीभेरी नगरपालिकाको तेस्नो नगर कमिटी अधिवेशनमा नेकपा (एमाले) प्रदेश कमिटी सदस्यहरु,पालिका ईन्चार्ज जिल्ला पार्टीका अध्यक्ष एवम पदाधिकारीहरु, जिल्ला तथा पालिकाका नेता पार्टिका भातृसंगठनका अध्यक्षहरु एवम कार्यकर्ताहरुको उपस्थिति रहेको छ । ठुलीभेरी नगरपालिकाको तेस्रो नगर कमिटी अधिवेशन दुनैको मरमर होटेलमा चलि रहेको छ ।