खेलकुदले देशलाई चिनाई रहेको छ: मुख्यमन्त्री कँडेल

जैतुन अनलाइन | 2025-02-14

फागुन ०२,

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताएका छन् ।

शुक्रबार १६ औँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूले आफ्नो मेहनतले देशलाई नै विश्वसामु चिनाएको मुख्यमन्त्री कँडेलले बताए ।

विद्यालयमा रहेका हरेक विद्यार्थीहरूलाई खेलकुदका माध्यम असल नागरिक बनाउन सकिने हुँदा खेलकुद महत्त्वका साथ सबैले हेर्नू पर्ने मुख्यमन्त्री कँडेलले बताए । खेल क्षेत्रलगाएतका अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागी रहेको थियो । कार्यक्रमको आयोजना जिल्ला खेलकुद समिति सुर्खेतले गरेको थियो । सिम्ता गाउँपालिकामा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिकाहरूले सहभागिता रहेको छ ।