फागुन ०२,
डाेल्पा : डोल्पाको मुड्केचुलामा एक घरमा आगो लागिले क्षेति भएको छ । मुड्केचुला गाउँपालिका -३ स्थित प्यारी भन्ने ठाउँमा आगलागी हुंदा एक घर जलेर भग्नावशेषमा परिनत भएको छ । कालिकाका हरि बहादुर सिंहको डोल्पा र जाजरकोट को सिमानामा पर्ने प्यारी भन्ने ठाँउमा रहेको घरमा आगलागी भएको हो । माटो ढुङ्गा र काठले निर्मित दुई तले घर गोठ आग्लगी हुदा घरमा भएको खाद्यान्न लट्टा कपड़ासहित दुई ओटा बाख्रा समेत जलेका छन ।
आगो निभाउने क्रममा एक जना गम्भीर घाइते भएको स्थानीय लिलराज रोकायाले जानकारी दिनु भयो । यसैगरी मौरीका ५ घार सिमि ३० केजी भन्दा धेरै र मकै एक भकारी सहित लुगालत्ता कपडा जलेर नष्ट भएको छ । पशुबस्तु लत्ताकपडा अन्नपात र भवन समेत गरेर झण्डै २० लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी भएको खवर प्राप्त पछि स्थानीयहरु गएर आगो नियन्त्रणमा लिएर निभाएका थिए ।
आगो निभाउने क्रममा हरिबहादुर सिंह जलेर गम्भीर घाइते भएको भएपनि उपचारमा समस्या देखिएको आगलागी पीडित सिंहका आफन्तले बताएका छन। आगो गोठबाट लागेको तर के कसरी लागेको हो भन्नेवारे खेलेको छैन । लामो समयदेखि खडेरी भएपछि डोल्पामा आगलागीका घटनाहरु दिनप्रतिदिन बढ्दै जानथालेका छन । आगलागी र डढेलोबाट समयमै बच्नको लागि सम्बन्धित निकायले बेलैमा सचेतनामुलक कार्यक्रम गर्न र सबै सचेत रहन जरुरी छ ।