स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा शे-फोक्सुण्डो गाँउपालिका पहिलो

जैतुन अनलाइन | 2025-02-14

फागुन ०२,

डोल्पा : स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा शे-फोक्सुण्डो गाँउपालिका पहिलो स्थानमा रहेको छ । आर्थिक बर्ष २०८१/०८१ मा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा ९३ दशमलव ५ अंङ्क प्राप्त गरी शे-फोक्सुण्डो गाँउपालिका पहिलो बनेको हो ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा शे-फोक्सुण्डो गाँउपालिका ९३ दशमलव ५ अंङ्क सहित पहिलो,८५ दशमलव ५ अंङ्क सहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी ८४ दशमलव ५ अंङ्कका साथ मुड्केचुला गाँउपालिका तेस्रो स्थानमा छ भने डोल्पोबुद्ध गाउँपालिकाले ८३ अंङ्क सहित चौथो र ८० दशमलव ५ अंङ्क प्राप्त गरी काईके गाँउपालिका पाँचौ स्थानमा छ । त्यस्तै छार्का ताङसोङ गाउँपालिका ७९ दशमलव ५ अंङ्क प्राप्त गरी छैटौमा छ भने ७५ दशमलव ५ अंङ्क सहित सातौँ स्थानमा रहेको छ । त्रिपुरा सुन्दरी नगरपालिका भने शुन्यमा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

(FRA) को नितजामा डोल्पा जिल्लाको  शे-फोक्सुण्डो गाउँपालिका ९३ दशमलव ५ अंक सहित अग्रणी स्थानमा रहेकोमा निकै खुस रहेको प्रमुख प्रशासकिय अधिकृत सुमन ढकालले बताए। ढकालले भने पालिका विगतदेखी नै वित्तीय सुशासन तर्फ केन्द्रित छ। पालिकाले अनावश्यक खर्चहरू कटौती गर्दै मितव्ययी र औचित्यपूर्ण तरिकाले बजेट कार्यान्वयन गरिरहेको र सो कार्यमा जनप्रतिनिधिहरूको पूर्ण सहयोग रहेको हुँदा वित्तिय सुशासनका सूचकहरूमा क्रमश सुधार भईरहेको दावी गरे ।समग्र कर्णाली प्रदेशको ७९ स्थानिय तहमध्ये शे-फोक्सुण्डो नवौं (९) स्थानमा परेको छ ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन गर्ने विधि (FRA) का विभिन्न सुचकहरुमा स्थानीय तहको मुल्याङ्कन गर्ने गर्दछ । योजना,बजेट तथा कार्यक्रम व्यवस्थापन,कर्यान्वन क्षमता तथा व्यवस्थापन,लेखाङ्कन प्रतिवेदन,अनुगमन,मुल्याङ्कन तथा लेखापरिक्षण र राजश्व व्यवस्थापनका सुचकमा स्थानीय तहको मुल्याङ्कन गरिने गरिएको छ । स्थानीय तहको गरिने बिभिन्न मुल्याङ्कन मध्ये LISA मा जगदुल्ला पहिलो, FRA मा शे-फोक्सुण्डो पहिलो र वित्त आयोगको सूचकमा काईके पहिलो भएको छ। भौगोलिक रुपमा ठुलो र विकट भए पनि शे-फोक्सुण्डो गाउँपालिकाले कार्यालयवाट गरिने हरेक सेवामा भने उच्च बनाएको पाइन्छ ।