स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) डोल्पाको जगदुल्ला गाउँपालिका पहिलो ठुलीभेरी अन्तिम

जैतुन अनलाइन | 2025-02-13

फागुन ०१,

डोल्पा : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) डोल्पाको जगदुल्ला गाउँपालिका पहिलो भएको छ । आर्थिक बर्ष २०८०/०८१ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा जगदुल्ला गाउँपालिकाले ९६ अंङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको हो । अघिल्लो आर्थिक बर्षमा पछि परेको जगदुल्ला गाउँपालिका फेरि २०८०/०८१ पहिलो स्थानमा उक्लीएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रबिधि मार्फात स्थानीय तहले गरेको कामको मुल्याङ्कन गर्ने गर्दछ । सोहि बिधिवाट गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को रिपोटमा जगदुल्लाले ९६ अंक प्राप्त गरी पहिलो भएको छ भने ठुलीभेरी नगरपालिका ७८ दशमलव २५ अंङ्क प्राप्त गरी सवैभन्दा अन्तिममा रहेको छ । अघिल्लो बर्ष जस्तै यो बर्ष पनि ठुलीभेरी नगरपालिका स्वामूल्याङ्कनमा सवैभन्दा पछि भएपनि अघिल्लो बर्षको तुलानामा धेरै सुधारात्मक रहेको पाईएको छ ।

डोल्पामा ८ वटा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा  ९६ अंङ्क हाँशिल गरी जगदुल्ला गाउँपालिका पहिलो ९५ अंङ्क सहित डोल्पोबुद्ध गाउँपालिका दोस्रो स्थानमा रहेको छ भने काईके गाउँपालिका र मुड्केचुला गाउँपालिका ९३ दशमलव ५ वरावर अंङ्क सहित तेस्रो स्थानमा रहेकाछन । छार्काताङसोङ गाउँपालिका ९१ अंङ्क सहित चौथो स्थानमा रहेको छ भने शे-फोक्सुण्ड गाउँपालिका ९० दशमलव २५ अंङ्क प्राप्त गरी पाँचौ स्थानमा परेको छ । ८८ अंङ्क प्राप्त गरी त्रिपूरा सुन्दरी नगरपालिका छैटौँ स्थानमा परेको छ भने सवैभन्दा कम अंङ्क ७८ दशमलव २५ अंङ्कका साथ ठुलीभेरी नगरपालिका अन्तिम स्थानमा रहेको छ ।

कुल ११ वटा क्षेत्रलाइ हेरेर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को अन्तिम नतिजा सार्वजानिक गरिन्छ । यसरी मुल्याङ्कन गरिने बिधिका लागि कार्यालयले गरेका हरेक कुराको दस्तावेजीकरण गरेपछि सोहि अनुसार सिष्टममा अपलोड हुने र मुल्याङ्कन हुने जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशवराज जैशिले जानकारी दिए । आफुले लामो समय स्थानी तहमा बसेर काम गरि रहदा जनप्रतिनिधि देखी कर्मचारीहरुले भने अनुसारको कागजातहरुको दस्तावेजीकरणले गरी दिएको कारण पनि फेरी पुन डोल्पामा पहिलो बन्न सफल रहेको बताए ।

हाल मन्त्रालयले निमित्त प्रमुख प्रशासकिय अधिकृतको अधिकार खोसेपनि आफु रहदा सम्म जहिले अब्बल हुने हिसावले जनमुखि भएर काम गरेको जैशिले दावी गरे । मन्त्रालयले नियमानुसार निमित्त प्रमुख प्रशासकिय अधिकृतवाट हटाएको र कर्मचारीले जुन जिम्मेवारी पाए सोहि जिम्मेवारीमा ईमान्दार भएर काम गरे कुनै कठिनाइ नहुने जैसिले सुनाए ।

अघिल्लो आर्थिक बर्षमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) पहिलो रहेको काईके गाउँपालिका यो बर्ष तेस्रो स्थानमा रहेको छ । यस बर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को रिपोट हेर्दा गाउँपालिकाहरु अग्र स्थानमा रहेका छन भने दुईवटै नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा निकै कम्जोर स्थितिमा रहेको रिपोटमा देखिन्छ । बार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तिय एवम आर्थिक व्यवस्थापन र सेवा प्रवाहमा नगरपालिका गाउँपालिका भन्दा पछि रहेकाछन । हरेक बर्षमा हुने यहि रिपोटलाइ हेर्दा पनि थाहा हुन्छ कि अब स्थानीय तहले सुधार कुन कुरामा गर्न जरुरी छ भनेर ।