निजामती सेवा ऐन संशोधन गर्ने निर्णय कर्णाली प्रदेश सरकारको निर्णय

जैतुन अनलाइन | 2025-02-12

माघ ३०,

सुर्खेत : कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्ने निर्णय गरेको प्रवक्ता विनोद शाहले जानकारी दिए ।

उनकाअनुसार परिमार्जित विधयकलाई पेश गर्ने र परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाइनेछ । सरकारले २९ असाेज २०८० मा कर्णाली प्रदेश निजामती सेवा ऐन लागू गरेकाे हाे ।  बैठकले प्रदेश सरकारले विभिन्न समयमा विपद, उद्दार तथा राहत कार्यमा प्रयोग गरेको हेलिकोप्टरको भाडा आन्तरिक मामिला तथा कानून मन्त्रालयले निकाशा दिनेगरी स्वीकृत गरेको छ ।

मन्त्रालयले विभिन्न समयमा दुई लाख ९१ हजार रकम भुक्तानी गर्न बाँकी थियो । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कायममुकायम सचिवमा बरिष्ठ बाली विकास अधिकृत परशुराम रावतलाई जिम्मेवारी दिने निर्णयसमेत गरिएको प्रवक्ता शाहले जानकारी दिए ।