माघ ३०,
जुम्ला : जुम्ला केन्द्रबिन्दु भएर पुनः भूकम्प गएको छ। बुधबार दिउँसो ३ बजेर ३८ मिनेट जाँदा जुम्लाको पाटमारा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। एकै दिनमा जुम्लामा दुइ वटा भुकम्प गएका छन । यस अघि बुधबारनै बिहान ११ बजेर ५६ मिनेटमा उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पले के कति क्षेति गरेको छ भन्ने वारे भने यकिन भएको छैन सानो रेक्टरको भुकम्प भएको कारण कुनै क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ ।