नेकपा (एमाले) त्रिपुरा सुन्दरी नगर कमिटीको अध्यक्षमा चन्द्रखर बुढा चयन

जैतुन अनलाइन | 2025-02-11

माघ २९,

त्रिपूराकोट : नेकपा (एमाले) त्रिपुरा सुन्दरी नगर कमिटीको अध्यक्षमा चन्द्रखर बुढा चयन भएका छन । सोमवार उद्धघाटन भएको नगर कमिटीको चौथो नगर कमिटी अधिवेशनले मंगलवार नयाँ नेतृत्वय चयन गरेको हो ।

चौथो नगर कमिटीको अधिवेशनले अध्यक्षमा  चन्द्रखर बुढा उपाध्यक्षमा भिम वहादुर वुढा सचिवमा तुलाराम के सी उप सचिवमा सम्जाना झाक्री उप सचिव नन्द बहादुर पुन सहित ६६ सदस्सीय नगर कमिटी बनेको छ । त्यसै गरी अधिवेशनले  २ जनाको लेखा आयोग समेत गठन गरेको छ  (मन बहादुर बुढा) संयोजक विषा पुन सदस्य रहेको दुई सदस्यिय लेखा आयोगको गठन गरिएको त्रिपूरा सुन्दरी नगरपालिका ईन्चार्ज चन्द्रा कुमारी बुढाले जानकारी दिईन ।

नव निर्वाचित नगर कमिटीका पदाधिकारीहरुलाइ नेकपा (एमाले) डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले पद तथा गोपनियताको सफतग्रहण गराएका छन । घोषणा सभाको आयोजना गरी  नयाँ नेतृत्वलाइ डोल्पा ईन्चार्ज प्रदेश कमिटी सदस्यहरु र अन्य जिल्लाका नेताहरुले स्वागत गरेर सफल कार्यकालको शुभकामना दिएका छन ।

२०७४ को निर्वाचन देखि निरन्तर नेकपा (एमाले) ले स्थानीय सरकारको नेतृत्व गरिरहेको छ । अव आउने नगर कमिटीको नेतृत्वलाइ झनै ठुलो चुनाौति खडा हुनेछ मिसन ८४ अर्थात पुन नेकपा (एमाले) ले स्थानीय सरकारको नेतृत्व दिलाउनका लागि । यसका साथै नेकपा (एमाले) को वडा तहको ३ महिने अभियालाइ पनि तिव्रता दिन नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले आग्रह गरे। यसका साथै अब डोल्पामा पालिका अधिवेशन गर्ने त्रिपुरा सुन्दरी नगरपालिका दोस्रोमा परेको छ भने पहिलो पालिका जगदुल्ला रहेको छ ।

फागुन ५ गते ठुलीभेरी नगरपालिका फागुन १० गते मुड्केचुला गाउँपालिका र त्यसपछि २७ गते काइके गाउँपालिका को पालिका अधिवेशन हुने मिति तय भएको छ । माथिल्लो डोल्पामा बैशाख २०८२ देखी पालिका अधिवेशन गरिनेछ ।