निजामती कर्मचारी युनियन डाेल्पाकाे अध्यक्षमा  दिर्घराज आर.सी

जैतुन अनलाइन | 2025-02-08

माघ २६,

डोल्पा :  निजामती कर्मचारी युनियन डाेल्पाकाे अध्यक्षमा पुन:  दिर्घराज आर. सी सर्वसम्मत चयन भएका छन ।  निजामती कर्मचारी युनियन डाेल्पाकाे नवाैँ जिल्ला अधिवेशनवाट आरसी निर्वाचित भएका हुन । नवाैँ जिल्ला अधिवेशनवाट दिर्घराज आर. सीलाई दाेर्साे कार्यकालकाे लागि पुन अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

नवाैँ जिल्ला अधिवेशनवाट दिर्घराज आर. सी अध्यक्ष कृष्णरुप बुढा उपाध्यक्ष (खुला)सुगा शाही उपाध्यक्ष (महिला) तुल बहादुर न्वार उपाध्यक्ष ( समावेशी)विरेन्द्र डाँगी  सचिव सुनिल गुरुङ  काेषाध्यक्ष र झनकराज जाेशीलाई  सहसचिवमा चयन गरेकाे छ ।त्यस्तै गरि सदस्यहरुमा क्षेत्र बहादुर महत हरिचन्द्र हमाल माधव शाही मुना वि सी विनिता शाही जनक बहादुर शाही दिपक बाेहाेरा ओमशुभम काेहार र जनक थापा चयन हुनु भएका छन ।

त्यसैगरी  प्रदेश अधिवेशन प्रतिनिधिमा हिरालाल के सी खिम बहादुर शाही  र माधव शाहीलाई चयन गरेकाे छ ।शनिवार सम्पन्न अधिबेशनले केन्द्रिय  महाधिवेशन प्रतिनिधिमा गंगा खतिवडा दलबहादुर बस्नेत गगनराज महतारा शुरेश कुमार के सी र लक्ष्मण बहादुर शाही सर्वसम्मत चयन गरेकाे अध्यक्ष राेकायाले जानकारी दिए ।