माघ २४,
डोल्पा : नेकपा (एमाले)मुड्केचुलाको पालिका अधिवेशन फागुन १० गते हुने भएको छ । बुधवार ११ औँ गाउँ कमिटीको पूर्ण बैठकले पालिका अधिवेशन आउने फागुन १० गते गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले)मुड्केचुलाको पालिकाको ११ औँ पूर्ण बैठकले नेकपा (एमाले)केन्द्रिय सर्कुलर अनुसार ३ महिने वडा केन्द्रित अिभयानमा वडा,टोल र गाउँ केन्द्रित भएर परिचालित हुने । त्यसैगरी नेकपा (एमाले)मुड्केचुलाको पालिका अधिवेशन फागुन १० गते गर्ने,अधिवेशन सफल पार्नका लागि आर्थिक व्यवस्थापन,प्रतिनिधि व्यवस्थान समिति गठन तथा प्रचारप्रशार उपसमिति गठन गरिएको मुड्केचुला गाउँपालिका ईन्चार्ज एवम कर्णाली प्रदेश सदस्य गोपाल बिकले जानकारी दिए ।
पालिका ईन्चार्ज बिकका अनुसार पालिका कमिटीको पूर्ण बैठकमा वडाको रिपोटिङ्गका साथै नेकपा (एमाले) डोल्पा जिल्ला कमिटी सदस्य लोक चन्द्र रोकायाका पिता मन बहादुर रोकायाको २०८१ साल माघ २३ गते भएको निधन प्रति श्रद्धाञ्जदी अर्पन गर्ने निर्णय गरेको बताए । प्रतिनिधि छनौटमा खुल्ला ५ वारवर १ र दलित ३ वरावर १ छनौट गरि फागुन ६ गते जिल्लामा अनुमोदनका लागि सिफारिस गरिनेछ । पार्टी केन्द्रको निर्णय अक्षरस पालना गरि ३ महिने वडा केन्द्रित अभियानमा सबैले आ आफ्नो क्षेत्रबाट लाग्नु पर्ने र सोहि अनुसार अव पार्टीमा मुल्याङ्कन हुने नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले कार्याकर्तालाइ निर्देशन दिए ।
अब पार्टि बिधि र पद्धति अनि निर्णयमा चल्ने भन्दै हरेक नेता गाँउ फर्किन समेत अध्यक्ष रोकायाले आग्रह गरे । मुड्केचुला गाउँपालिकाको ईलमा भएको पालिकाको पूर्ण बैठकमा नेकपा (एमाले) केन्द्रिय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारी बोहोरा,प्रदेश कमिटी सदस्यहरु,नेकपा (एमाले) डोल्पा जिल्ला अध्यक्ष तथा अन्य पदाधिकारीहरु र पालिकाका नेताहरुको उपस्थिति रहेको थियो ।