डाेल्पाबाट जम्मा ७ सय ७७ जना विधार्थीले एसईई परीक्षा दिदै

जैतुन अनलाइन | 2025-02-06

माघ २४,

डाेल्पा : आगामी चैतमा संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डाेल्पाबाट जम्मा ७ सय ७७ जना विधार्थीले परीक्षा दिने भएका छन। जिल्ला शिक्षा तथा समन्वय इकाई डाेल्पाका प्रमुख हरिप्रसाद चाैलागाईका अनुसार जिल्ला भरका १८ वटा मावि र एउटा खुल्ला विधालयबाट छात्रा ३ सय ६५ र छात्र ४ सय १२ जना एसईई परिक्षामा सहभागी हुनेछन् । यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) लागि डाेल्पाबाट ७ सय ७७ जनाले परिक्षा फारम भरेका हुन । यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ चैत ७ गतेदेखि देशभर हुदैछ। डाेल्पमा चार वटा केन्द्रबाट परीक्षा संचालन हुँदै आएकाे छ।