माघ २१, लेख बुढा
डाेल्पा : भूमि समस्या समाधान आयोग डाेल्पाका नवनियुक्त अध्यक्ष तुलाचन्द्र बुढाले पदभार ग्रहण गरेका छन । भूमि समस्या समाधान आयाेगकाे कार्यालय दुनै डाेल्पामा साेमबार सरस्वती पुजाकाे अवसर पारेर अध्यक्ष बुढाले कार्यकक्षमा औपचारिक पदभार ग्रहण गरेका हुन। पदभार ग्रहण गर्दै अध्यक्ष बुढाले डाेल्पामा भूमि समस्या समाधान सम्बन्धि निरन्तर काम गर्ने बताएका छन। नेकपा एमाले र नेपाली कांग्रेसकाे गठबन्धन सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी ७७ जिल्लामा दुई दलिय भागबन्डाको आधारमा नयाँ आयोग गठन गरेकाे थियाे।
भूमि समस्या समाधान आयोग डाेल्पाका अध्यक्ष तुलाचन्द्र बुढाले यहीँ माघ २ नियुक्ति पाएर माघ ३ गते सपथ ग्रहण गरेका थिए। अध्यक्ष बुढा नेकपा एमाले डाेल्पाका पुर्व उपाध्यक्ष तथा पाका नेता हुन । लामो समय राजनीतिमा जीवन बिताएका बुढाले आयाेगकाे अध्यक्ष पाउँदा उचित मुल्यांकन भएका स्थानीय नेता कार्यक्रताले बताउने गरेका छन। यस्तै भूमि समस्या समाधान आयोग डाेल्पाकाे अध्यक्ष सहित एक सदस्य नेकपा एमालेकाे भागमा परेकाे छ भने बिज्ञ सदस्य सहित एक सदस्य नेपाली कांग्रेसकाे भागमा परेकाे छ। सदस्यहरुकाे नियुक्ति प्रक्रिया केही दिनपछि हुने जनाईएकाे छ। नवनिर्वाचित अध्यक्ष बुढालाई जिल्ला समन्वय समिति डोल्पाका अध्यक्ष श्याम बहादुर रोकायाले समेत पदभार ग्रहणमा सरिक भई बधाई समेत दिएकाछन । बधाई दिदै समन्वय प्रमुख रोकायाले भने भुमिहिनका लागि काम गर्नुहोला पहिले भन्दा जनमुखि भएर उपलब्धी मुलक काम गर्न ब्यक्ति चयन भएकोले राम्रो अपेक्षा गरेको बताए । भुमि व्यवस्था सम्बन्धी समाधान गर्न डोल्पामा भने त्यति सहज छैन ।