माघ २०,
डोल्पा : डोल्पाको ठुलीभेरी नगरपालिका ५ मा एक घरमा आगो लागेर क्षेति भएको छ । वडा नम्वर छ माझफालमा गए राति आगो लागेर नानु रोकायाको घर जलेर क्षेति भएको हो । आगोको झिल्काबाट घरमा आगो लाग्दा दुईतले घर जलेर ठुलो क्षेति भएको छ । ढुङ्गा,माटो र काठले निर्माण भएको रोकायाको दुईतले घरको दुइ कोडा र एक देवताको मन्दिर पूर्ण रुपमा क्षेति भएको माझफाल प्रहरी चौकिले जानकारी दिएको छ । प्रहरीका अनुसार शनिवार साँझ ७ तिस बजेतिर आगोको सानो झिल्कोबाट घरमा आगो लागेको र घर जलेर क्षेति भएको जनाएको छ ।
घरमा लागेको आगोले मानविय क्षेति भने भएको छैन भने अन्य धनमालको कति क्षेति भएको हो यकिन विवरण आउन सकेको छैन । घरमा लागेको आगो स्थानीय र नेपाल प्रहरीले नियन्त्रणमा लिएका थिए भने आईतवार प्रहरी चौकिमा घटनाको मुचुल्का समेत गरिएको छ । पछिल्लो एक सातामा घरमा आगो लागेर एक जनाको ज्यान समेत गई सकेको छ भने जिल्लाका बिभिन्न बनहरुमा दैनिक रुपमा आगलागी भइ रहेका छन । सुख्खा समय भएकोले कुनैपनि बेलामा आगलागि हुन सक्ने भन्दै सजक हरन र सचेत रहन बिभिन्न सरोकारवाला निकायले नागरिकलाइ आग्रह गरेपनि आगलागीका घटन भने रोकिएका छैनन ।