माघ २०,
डोल्पा : (नेकपा) एमालेका जिम्मेवारीमा रहेका सबै नेतालाइ वडा केन्द्रित हुन प्रदेश ईन्चार्जले निर्देशन गरेका छन । पालिकाको बैठकमा सहभागि हुन डोल्पा पुगेका (नेकपा) एमाले स्थायी कमिटी सदस्य एवम कर्णाली प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटीले डोल्पाका सवै नेतालाइ वडा केन्द्रित हुन निर्देशन दिएका हुन । शनिवार त्रिपुरा सुन्दरी नगरपालिका र आईतवार ठुलीभेरी नगरपालिकाको पूर्ण बैठकमा सहभागि बोगटीले (नेकपा) एमाले केन्द्रीय निर्देशन र पार्टिको ३ महिने वडा केन्द्रीत अभियानमा आफुले जिम्मेवारि पाएका सबै नेताहरु जिल्लामा आएर वडा केन्द्रित अभियानमा जुट्न निर्देशन दिएका हुन ।
(नेकपा) एमाले पार्टी बिचार र सिद्धान्त बोकेको लोकपृय र जनताको पार्टी हो (नेकपा) एमालेले अरु पार्टीलाइ बिधि र पद्धती सिकाउदै आएको पार्टी भएकाले यो पार्टीमा लागेका नेता र कार्यकर्ता जनताप्रति जवाफदेही हुनुपर्छ नेता बोगटीले भने । पार्टीले दिएको निर्देशन नमान्ने सच्चा कम्युनिष्ट नहुने र त्यो (नेकपा) एमालेको आस्थावान नै नहुने बताउदै अव डोल्पामा रहेका सवै नेताहरुले गम्भिरताका साथ पार्टि वलियो बनाउन र जनताको घर दैलो सम्म पुगेर (नेकपा) एमालेका वारेका बुझाउन लाग्नु पर्ने समेत बताए । (नेकपा) एमालेको नेता बन्न जनताले चिन्नुपर्ने र जनताले छाने मात्रै (नेकपा) एमालेको नेता हुन पाईन्छ एमालेले पैसामा पद दिएर नेता नपाउने भन्दै जनताको नजिक वसेर काम गर्न र शहर भन्दा गाउँ केन्द्रित हुन समेत नेताहरुलाई सुझाव दिए ।
केन्द्र पार्टीले गरेको निर्देशन र दिएको जिम्मेवारी पुरा नगरी शहरमै वसि रहेका नेता र भातृसंगठनका प्रमुखहरुलाइ प्रदेशले नियाली रहेको र अब कामका आधारमा पार्टीले जिम्मेवारी दिने ईन्चार्ज वोगटीले जानकारी दिए । यति बेला (नेकपा) एमाले सरकारमा छ तर हरेक क्षेत्रवाट पार्टीलाइ घेराबन्दीमा पारि रहेकोले ति त्यास्ता गलत प्रचार गरी पार्टीलाइ गलत भाष्य लगाउनेका बिरुद्ध एकजुट भएर लाग्न समेत नेता तथा कार्यकर्तालाइ निर्देशन दिए । पार्टीलाइ सबैले एकढिक्का बनाएर लैजानेमा लाग्न (नेकपा) एमाले डोल्पाका अध्यक्ष लंक बहादुर रोकायले सवैलाइ आग्रह गरे । अध्यक्ष रोकायाले भने कार्यकर्ता सच्चा,इमान्दार र सैद्धान्तिक छन नेताले सुध्रने समय आयो अब ठुला नेताको वरिपरी घुमेर पद पाउने भन्ने समय गयो ।
जनताको घरघरमा पुगेर (नेकपा) एमालेका बारेमा बुझाउने र पार्टीले तय गरेको ३ महिने अभियानमा एमालेका हरेक नेता र कार्यकर्ता लाग्न (नेकपा) एमाले केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बद्यमीक्वारा बोहोराले आग्रह गरिन । बोहोराले भनिन अब कुन पदमा रहेको कुन नेता र कुन कार्यकर्ताले पार्टीमा रहेर काम कसरी गरी रहेको छ टाउको गनेर तथ्याङ्क राख्छ तपाइ नेता बन्ने कि आफै ओझेलमा पर्ने आफ्नै हातमा छ । यसका साथै त्रिपुरा सुन्दरी नगरपालिकाको नगर अधिवेशन माघ २८ गते र ठुलीभेरी नगरपालिकाको नगर अधिवेशन फागुन ५ गते गर्ने निर्णय भएको छ । त्यसैगरी मुड्केचुला गाउँपालिकाको पालिका अधिवेशन फागुन ७ गते हुने छ भने काईके गाउँपालिकाले २३ गतेको बैठकले तोक्ने छ ।