माघ २०,
डोल्पा : नेपाल टेलीकमले ईन्टरनेट सेवा विस्तार गरेको छ । शनिवार ठुलीभेरी नगरपालिका वडा नम्वर ५ र ६ मा फोर जि ईन्टरनेट सेवा विस्तार गरेको हो । वडा नम्वर ६ मा रहेको नेपाल टेलीकमको टावरमा माईक्रोवेव रेडियो लिङ्क जडान गरी सेवा 4G सेवा सुचारु गरेको छ । रसिको लेखमा रहेको टावरबाट सिधा माझफालमा रहेको टावरमा माईक्रोवेव प्रविधि जडान गरी ताली,दुरगाँउ,थरगाँउ,माझफाल,लहारा,हुँ गाउँका नागरिकले नेपाल टेलीकमको 4G सेवा उपभोग गर्न पाउनेछन । यसका साथै यहि माझफालकै टावरबाट ठुलीभेरी नगरपालिका १० र ११ का नागरिकले समेत मोवाइल तथा 4Gईन्टरनेटको सेवा पाउने नेपाल टेलिकम डाेल्पाका टेलिकम टेक्निसियन नवराज भट्टराईले जानकारी दिए ।
माघ १९ गते शनिबार बेलुका ४:३० को समय देखी माझफालमा रहेको टावरबाट 4G सेवा दिन थालिएको हो । यस भन्दा पहिला 2G नेटवर्क जडान गरेको र नागरिकको मागका साथै नेपाल टेलीकमको सेवा विस्तार लक्ष्य अनुसार रसिकाे लेकबाट 4G नेटवर्क जडान गरि दुरगाउँ स्थित नेपाल टेलिकमकाे रिपिटर टावर राखेर साविकाे माझफाल गाविसमा 4G सेवा संचालन गरेकाे टेलिकम टेक्निसियन भट्टराईले बताए ।
यसका साथै ठुलीभेरी नगरपालिका ५ र ६ मा 4G ईन्टरनेट सेवा सुचारु भएसँगै नेपाल टेलीकम डोल्पाले ३ सय २३ थान 4G चल्ने सिम समेत निशुल्क वितरण गरेको नेपाल टेलीकम दुरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ । फाेरजी नेटवर्क संचालनमा आउदा ठुलीभेरी नगरपालिका ५ र ६ का नागरिक खुसी भएको र यो सेवा विस्तारको लागि पहल गर्ने साथ दिने सैवै धन्यवादको पात्र रहेको भन्दै ठुलीभेरी नगरपालिका ६ का वडा अध्यक्ष तेजेन्द्र कार्किले धन्यावाद समेत दिएका छन । नेपाल टेलीकमको मोवाईल तथा ईन्टरनेट सेवाबाट ठुलीभेरी नगरपालिका १० र ११ भने पहुचमा रहेका छैनन ।