द पाम ग्रुपकाे ब्यानरमा चलचित्र “बल्कि” निर्माण घाेषणा

जैतुन अनलाइन | 2025-02-01

माघ १९,रामचन्द्र न्याैपाने

डाेल्पा :  नेपाली कथानाक चलचित्र “बल्कि” निर्माणहुने भएको छ ।नेपालमा ब्याप्त जातीय बिभेदकाे कथामा चलचित्र निर्माण
गर्न लागिएको हाे ।
चलचित्र बल्कीको कथा दिनेश बि.क ले लेखेका हुन् भने यस् चलचित्रलाई निर्देशन राहुल बराइलीले गर्ने भएका छन्।
द पाम ग्रुप प्रालीको ब्यानरमा निर्माण गर्न लागिएको यस चलचित्रकाे निर्माण सुदन खत्रीले गर्ने भएकाहुन् भने कार्यकारी निर्माता शेखर लामा रहेकाछन् ।
निर्देशक बराइली म्युजिक भिडियोमा निर्माण क्षेत्रका चर्चित भिडियो निर्माता र चलचित्रको गीतहरुमा नृत्य निर्देशकको रुपमा स्थापित व्यक्ति हुन् ।
उनि पहिलोपटक यसै चलचित्र मार्फत निर्देशकको भूमिका निभाउन थालेकाहुन् ।
यस चलचित्रमा मुख्य सहायक निर्देशक नवराज शर्मा हुन भने साथमा सहायक निर्देशक करण साउद र विश्व माझिले गर्ने छन् ।
चलचित्रकाे छायाङ्कन् बासु न्यौपानेले गर्ने भएका छन्। जसमा द्वन्द निर्नेशन राजु किरातीले गर्ने छन् ।
चलचित्रका सम्पूर्ण कलाकारहरूको छनोटकार्य गरी फागुन महिनाको अन्तिममा छायांकानमा जाने तयारी गरिएको छ ।
चलचित्र बल्किमा हास्य, रोदन,भावनात्मक सामाजिक जातीय विभेद र छुवाछुतजस्ता सामाजिक बिकृतिका बिषय चलचित्रमा उठाउन खाेजिएकाे छ ।
त्यतिमात्र नभई नेपालमा बसाेबास बस्ने सम्पूर्ण नागरिक जातिय रुपमा अलग्गै नभई सबैजना सम्मानित नागरिक हौ भन्ने कुरा समेत चलचित्रले शन्देस दिन खाेजेकाे कार्यकारी निर्माता लामाले जानकारी दिए ।
चलचित्रको छायांकन सिन्धुपाल्चोकमा गरिने उनकाे भनाइ छ ।