प्रेस चौतारी नेपालको छैटौँ अधिवेशनवाट प्रेम थापा सर्वसम्मत अध्यक्षमा चयन

जैतुन अनलाइन | 2025-01-31

माघ १८,

डोल्पा : प्रेस चौतारी नेपालको छैटौँ अधिवेशनवाट प्रेम थापा सर्वसम्मत अध्यक्षमा चयन भएका छन । समृद्धिका लागि संचारकर्म , प्रेस चौतारिको मुल मर्म भन्ने मुख्य नाराका साथ प्रेस चौतारी नेपाल डोल्पाको छैटौँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले प्रेम थापाको अध्यक्षतामा २५ सदस्यिय जिल्ला कार्य समिति गठन गरेको छ । (नेकपा) एमाले निकट पत्रकारहरुको भातृसंगठन प्रेस चौतारी नेपाल डोल्पाले आगामी फागुनमा हुने महाधिवेशन लक्षित गरी जिल्लाको अधिवेशन गरेको छ ।

अध्यक्षमा प्रेम थापा, उपाध्यक्षमा मेनुका बुढा,काेषाध्यक्षमा उमला शाही,उप सचिवमा दावा क्याल्बाे लामा र सचिवमा पूर्ण बाेहरा चयन भएका छन । त्यसैगरी  सदस्यहरुमा चन्दा बुढा प्रबेश खत्री प्रकाश खत्री लालबहादुर बाेहरा अमित थापा माेतिचन्द्र बुढा लालबहादुर बुढा, सन्देश बुढा, वीरबहादुर बुढा,रेशम लामा,गगन लामा,नाेमिता बाेहरा,सराेज थापा,विष्णुप्रसाद बाेहरा र अभिषेक शाही सहित २५ सदस्यीय जिल्ला कार्य समिति चयन भएका हुन ।

प्रेम थापा दोस्रो पटक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।  सर्वसम्मत रुपमा चयन हुनु भएका पदाधिकारी र सदस्यहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष लंकबहादुर राेकायाले अवर टीका र राईका लगाएर पेशागत संगठन विकास र हकहितकाे लागि निर्भीक भएर अगाडि बढ्न निर्देश गर्नु भएकाे थियाे ।यसैगरी प्रदेश प्रतिनिधिमा रुपलाल बाेहाेरा र पुजा बुढामगरलाई चयन गरेकाे छ ।