नेपाल मगर संघ डोल्पाको तदर्थ समिती गठन

जैतुन अनलाइन | 2025-01-29

माघ १५,सरोज थापा 

डोल्पा : डोल्पाको सदरमुकाम दुनैमा नेपाल मगर संघ डोल्पा जिल्लाको तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिका अध्यक्ष शेर बहादुर बुढाको नेतृत्वमा २५ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरिएको अध्यक्ष बुढाले बताउनुभयो । तदर्थ समितिमा शेर बहादुर बुढा-अध्यक्ष,नवराज थापा-उपाध्यक्ष ,पासाङ ल्हामु रोकाय – सचिव,बाघ बहादुर बुढा -सह-सचिव, सम्जना झाक्री कोषाध्यक्षमा सर्बसम्मत समिती गाठन गरिएको छ । सदस्य हरुमा सीता राणा लगाएत २५ सदस्यीय तदर्थ समिती गठन भएको नेपाल मगर संघ डोल्पाले जनाएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा नेपाल मगर संघ डोल्पा जिल्लाको प्रथम भेला कार्यक्रम सञ्चालन गरिएको थियो । मगर समुदायको हकहितका लागि काम गर्ने बताइएको छ ।  नेपाल मगर संघ डोल्पा जिल्लाको प्रथम जिल्ला भेलाले फागुण मसान्त भित्र वडा समितिहरु गठन गर्ने, त्यस लगतै पालिका समिति गठन गर्ने, पदाधिकारिहरुले मासिक २ सय ७०, सदस्यहरुले १ सय सुल्क बुझाउने निर्णय गरिएको अध्यक्ष बुढाले बताएका छन  ।