माघ १६,
डोल्पा : मुड्केचुला गाउँपालिकामा एकघरमा आगलागी हुंदा एक बृद्धकाे मृत्यु भएको छ । मुड्केचुला गाउँपालिका वडा नम्बर -४ ईल स्थित गाउँमा रहेकाे बादी सार्किको आगोमा जलेर मृत्यु भएको हो । बुधवार विहान ९ बजेकाे समयमा घरमा आगलागी हुंदा ७५ वर्षीय बादी सार्कीकाे सुतेकाे अवस्थामा जलेर मृत्यु भएकाे वडानम्बर ४ का वडाअध्यक्ष कृति बहादुर बुढाले जानकारी दिए ।
वडाअध्यक्ष बुढाका अनुसार बृद्धअवस्थाका ७५ बर्षीय बादी कामी अस्वस्थता कारण घरभित्र अगेना नजिक सुतिरहेकाे अवस्थामा ओढेकाे बल्ङकेट चुलाेमा परेर जल्दा आगलागी भएकाे बताए।आगलागीबाट दुईतले माटाे ढुङ्गा र काठले बनेकाे घर जलेर पुर्णरुपमा भग्नावशेषमा परिनत भएकाे छ ।मृतक कामीका ज्वाइँ र छाेरी काम विशेषले खेतवारीमा गएकाे अवस्थामा घर आगलागी भएकाे थियाे ।
आगलागी पछि ईल स्थित प्रहरी चाैकीका सुरक्षाकर्मी स्थानीय लागेर गाेठमा भएका पशुचाैयाकाे सकुशल उद्दार गरिएकाे थियाे ।वडाअध्यक्ष बुढाका अनुसार आगलागीबाट के कति क्षति भयाे भन्ने कुराकाे मुल्यांकन मुचुल्का भइरहेकाे छ ।आगलागी खवरपछि जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धान टाेलि घटनास्थल तर्फ आउन लागेकाे समेत वडाअध्यक्ष बुढाले बताए।,माटाे र ढुङ्गाले बनेकाे दुईतले ६ काेठे घर पुर्णरुपमा खरानी बनेको छ ।
तस्विर स्थानीय गणेश बुढाको फेसबुक वाट साभार गरिएको हो ।