नेकपा एमाले डोल्पाको पालिका अधिवेशनको मिति तोकियो केहि लाई स्पष्टिकरणा सोधिने

जैतुन अनलाइन | 2025-01-27

माघ १४,

डोल्पा : (नेकपा) एमाले डोल्पाको बैठकले बिभिन्न निर्णय गरेको छ । सोमवार डोल्पा सदरमुकाम दुनैमा वसेको (नेकपा) एमाले जिल्ला कमिटीको दोस्रो बैठकले डोल्पाका सवै पालिकाको अधिवेशनको मिति तोकेको हो । दोस्रो पूर्ण बैठकले ठुलीभेरी नगरपालिकामा नगर कमिटीको बैठक माघ १९ गते गरी फागुनको १० गते भित्र पालिका अधिवेशन गरी सक्नुपर्नेछ । त्यसै गरी त्रिपुरा सन्दरी नगरपालिकाले माघ २० गते बैठक गरेर माघ मसान्त भित्र पालिका अधिवेशन गर्नेछ ।

मुड्केचुला गाउँपालिकामा माघ २३ गते बैठक वसि फागुन ७ गते पालिका अधिवेशन गर्नुपर्नेछ भने काईके गाउँपालिकामा माघ २२ गते बैठक गरी केहि आन्तरिक प्रकृया पूरा गरी २७ गते पालिका अधिवेशन गर्नुपर्नेछ । यसका साथै जगदुल्ला गाउँपालिकाले भने पालिका अधिवेशनका साथै पार्टिका पालिकामा हुने सबै गतिविधिहरु सम्पन्न गरी सकेको र टोल कमिटीका काम मात्रै गर्नेछ । यसै गरी शे–फोक्सुण्डो गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा उच्च हिमाली पालिका भएको कारण बैशाख १ गते २०८२ देखी पालिलका अधिवेशनका कार्यक्रमहरु हुने (नेकपा) एमाले  डोल्पाका पार्टि सचिव जनक केसीले जानकारी दिए ।

(नेकपा) एमाले डोल्पा जिल्ला कमिटीको दोस्रो बैठकले पार्टिमा लामो समयदेखी बैठक लगायत पार्टीको जिम्मेवारीमा रहेर पार्टीका क्रियाकलापमा सहभागि नुहने केहि नेता तथा सदस्यहरुलाइ स्पष्टिकरण समेत सोध्ने भएको छ । २०७९ को निर्वाचनमा संघको निर्वाचनमा भाग लिएका गणेश बहादुर शाही र मुड्केचुला गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नरेन्द्र शाहीलाइ जिल्ला पार्टिले स्पष्टिकरणा सोध्ने (नेकपा) एमाले  डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने उनिहरु पार्टिका कुनैपनि गतिविधिमा संलग्न रहेका छैनन किन के कति कारण योसो भएको स्पष्टिकरणा सोध्छौ चित्त बुझदो जवाफ नआए सोहि अनुसार पार्टिले निर्णय लिन्छ ।

सोमवार बसेको पार्टको पूर्ण बैठकले सचिवालय समेत गठन गरेको छ । १३ सदस्यिय सचिवालय गठन भएको छ भने ८ जना जिल्ला कमिटीमा मनोनित समेत गरिएको छ । यसका साथै पार्टिको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्नुका साथै ३ महिने अभियानलाइ केन्द्रीत गरेर पार्टि वडा स्तरमा पुगेर काम गर्ने गरि निर्णय गरेको पार्टी अध्यो लंक बहादुर रोकायाले जानकारी दिए । रोकायाले भने हामीले पार्टिको काम पालिकामा सवैभन्दा पहिला गर्ने जगदुल्ला गाउँपालिकाका पालिका अध्यक्ष र सचिवलाइ समेत सम्मान गरेका छौ अव हरेक पालिकामा यसै गरि अभियान र काम हुन्छ । यो ३ महिने अभियानमा सबैले एकजुट भएर लाग्न कार्यकर्ता र नेतालाइ आग्रह समेत रोकायाले गरे ।