नेपाल निजामति कर्मचारी संगठन डोल्पाको अध्यक्षमा न्यौपाने सर्वसम्त निर्वाचित

जैतुन अनलाइन | 2025-01-26

माघ १३,

डोल्पा : नेपाल निजामति कर्मचारी स‌ंगठन डोल्पाको अध्यक्षमा केशवराज न्यौपाने निर्वाचित भएको भएका छन । आईतवार डोल्पाको सदरमुकाम दुनैमा भएको ११ ‍औँ जिल्ला अधिवेशनबाट न्यौपाने सर्वसम्त नेपाल निजामति कर्मचारी संगठन डोल्पाको अध्यक्षमा सर्वसम्त निर्वाचित भएका हुन । (नेकपा) एमाले निकट कर्मचारीहरुको भातृसंगठन नेपाल निजामति कर्मचारी संगठनले पालिका देखी अधिवेशन गराउदै आइतवार जिल्ला अधिवेशन गरी न्यौपानेको अध्यक्षतामा १९ सदस्यिय जिल्ला कार्यसमिति चयन गरेको हो ।

नेपाल निजामति कर्मचारी स‌ंगठन डोल्पाले ११औँ जिल्ला अधिवेशनबाट केशवराज न्यौपाने अध्यक्ष,संगिता बुढा महिला उपाध्यक्ष,डम्बर कठायत उपाध्यक्ष,अमृत कुमार बुढा सचिव,मान बहादुर कड्का सह–सचिव,सत्न वोगटी काेषाध्यक्षमा सर्वसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा धर्मराज रावत,सिँह बहादुर पुन,हिरा थापा,जसा बुढा,सन्तोष बोहोरा,नरेन्द्र कुमार बोहोरा,अक्कल बहादुर बडुवाल,कमला गुरुङ्ग,हिम बहादुर बुढा,पेम्बा बुढा,गहुन थापा,ज्वाला नेपाली र सृजना रोकाया चयन भएका हुन ।

त्यस्तै ११औँ अधिवेशनले प्रदेश कमिटी प्रतिनिधिमा काली बहादुर रोकाया खुला,खगेन्द्र ऐडी खुला,शान्ती महतारा मिहला र बाले बोहोरा सहकारीमा छनौट गरि सिफारिस भएका छन । त्यस्का साथै केन्द्रिय कमिटीमा बिर्ख बादुर भण्डारी खुला,हिराचन्द्र धराला खुला,डिलु कुमारी बुढा महिला र बाले बोहोरा सहकारीमा प्रतिनिधि सिफारिस भएका छन । नवनिर्वाचित जिल्ला कमिटीले कर्मचारीका हक हितमा काम गर्नेमा कुनै पनि आशंका नगर्न र कट्टिबद्ध भएर काम गर्नेमा बिश्वस्त हुन नवनिर्वाचित अध्यक्ष केशबराज न्यौपानेले प्रतिबछता जनाए । उद्धघाटन सत्रमा बिभिन्न बक्ताहरुले शुभकामना दिएका थिए भने नेकपा एमाले डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले पार्टिमा आवद्धता कुनैपनि कर्माचारीको रहने र अरु संगठन भन्दा फरक हिसावले जनमुखि भएर सेवा प्रदान गर्न आग्रह गरे ।

अध्यक्ष रोकायाले भने पार्टिका लागि पनि समय निकाल्नपर्छ तर कार्यालय समयमा पदिय मर्यादा अनुसार सेवा चुस्त र पारदर्शि न्यायिक हिसावले नेपाल निजामति कर्मचारी स‌ंगठनले दिनपर्नेमा जोड दिए । कर्मचारीलाइ पार्टीले दुख सुखमा कुनैपनि अवस्थामा साथ दिन्छ तर कर्मचारी सेवादिने ठाँउमा भएको र स्थायी सरकार नै भएको हुदा सेवा दिने सवालमा कुनैपनि कर्मचारीले दुख पाएमा पार्टीले सबै कर्मचारीको दुख बुझेर समाधानको पाटो खोज्ने पार्टी अध्यक्ष रोकायाले बिश्वास दिलाए । उनले थपे कर्मचारी सवैको हो पार्टीगत रुपमा कर्मचारीलाई दुख दिन हुदैन ।

उद्धघाटन सत्रमा बोल्दै केन्द्रिय सदस्य गोर बहादुर बुढाले भने मनका दुख मनमै छन तर पनि संगठनमा आँच आउने काम गरिएको छैन र त्यसो गर्न कसैलाई छुट छैन । नेपाल निजामति कर्मचारी स‌ंगठनले पार्टिको काम मात्रै नगरेको र सार्वजानिक क्षेत्रमा समेत काम गर्ने पहिलो संगठन भएको दावी बुढाले गरे । उनले भने शव जलाउने आर्यघाट देखी पार्क निर्माण र ५० भन्दा धेरै अनाथ वालवालिकाहरु समेत निशुल्क पढाउने काम नेपाल निजामति कर्मचारी स‌ंगठनले गरेको बताए । कर्मचारीलाई पार्टीले संरक्षण नगरेकोमा दुख सुनाउदै अब पार्टिले कर्मचारीको संगठनलाइ हेर्ने नजर बदल्न समेत आग्रह बुढाले गरे ।

दुई कार्यकाल बिताइ सकेका निवर्तमान अध्यक्ष बाले बोहोराले पार्टि बिभाजितको समय संगठन बचाउन निकै ठुलो चुनौति सामना गरेकोले नेता बन्न सजिलो नभएको सुनाए । नेपाल निजामति कर्मचारी स‌ंगठनले पार्टिका लागि काम गरि रहदा कैयन कर्मचारीले पार्टिकै जनप्रतिनिधिहरुबाट अपहेलित भएको र कर्मचारीले दुख पाएको समेत बताए । डोल्पामा नेपाल निजामति कर्मचारी स‌ंगठन सवैभन्दा ठुलो संगठनका रुपमा लिने गरिएको छ । नेपाल निजामति कर्मचारी स‌ंगठन डोल्पाले संगठनमा रहेर काम गर्ने ५ जनालाई दोसल्लाह ओढाएर सम्मान गरेको थियो भने केहि नयाँ सदस्यहरुलाई सदस्यता समेत वितरण गरेको थियो ।