माघ १०,
सुर्खेत : मंगलगडि-काक्रेबिहार सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लामो सयमदेखी अलपत्र अवस्थमा रहेको यो सड्क पछिल्लो दुई महिनामा काम सुरुवात भएपछि निर्माणको अन्तिम चरणमा रहेको छ । बिहिवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले उक्त निर्माणाधिन सड्कको स्थलगत अनुगम गरे ।
अम्मर सिस्ने मेगा जेबिले निर्माणको लागि २०७८ साल मङ्सिर १४ गते जिम्मेवारी पाएको निर्देशनालयका निमित्त प्रमुख सुर्य बहादुर शाहीले जानकारी दिए । निर्माण कम्पनीले विभन्न बहानामा बर्षौदेखी सड्क अलपत्र पारेर स्थानीयलाइ हैरान बनाएको सड्क भने पछिल्लो दुई महिनामा निर्माणले द्रुत गति लियो अनि यो सडकको हाल निर्माण कार्य अन्तिम चरणमा रहेको शाहीले बताए ।
कुल १२ करोड ७६ लाख १५ हजार रकममा निर्माण गरिने यो सडक करिब २.५ किलोमिटर छ । बिरेन्द्रनगरको मंगलगडी देखी काँग्रेविहारको शिव मन्दिर सम्म यो सड्क कालोपत्रे हुने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव ज्ञश्वरचन्द्र मरहट्टाले जानकारी दिए । सचिव मरहट्टाले भने यो सड्क निर्माण भए भुक्तानी गर्न कुनै कठिन छैन प्रयाप्त बजेट व्यवस्थापन भएको छ ।
वर्षौदेखी अलपत्र रहेको मंगलगडि-काक्रेबिहार सडक मन्त्रालयले बारम्वार ताकेता गरेपछि निर्माणले तिव्रता पाएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले बताए । मन्त्री बुढाले भने जनताकाे गुनासो सम्वोधन भएको छ भने प्रदेश राजधानीमै अलपत्र रहेको सड्कले यति छिट्टो निर्माणमा तिव्रता पाउनु भनेको पनि ठुलो उपल्बधी हो । मन्त्रालयले कर्णाली प्रदेशको रङ्गशाला वरीपरीको क्याम्पस रोड समेत निर्माण सम्पन्न गरेको र प्रदेश भरीका निर्माणाधिन रहेका सड्कहरुको काम सवै थानली भएको दावी गरे ।
मुख्यमन्त्री यामलाल कंडेल आफैले भ्याएसम्म निर्माणाधिन सड्कहरुको स्थलगत अनुगन गरि रहेकाछन । छोटो समयमा कर्णालीका सबै जिल्लामा पुगेका मुख्यमन्त्री कंडेलले कर्णालीको विकास भनेकै पहिलो प्राथमिकतामा सड्क नै भएको कारण हालसम्म अलपत्र रहेका सड्कको निर्माणमा दिएको बताए । मंगलगडि-काक्रेबिहार सडक निर्माणले स्थानीयले पाइ रहेको सास्तिवाट मुक्त रहेको र स्थानीयमा खुसि छाएको छ । सड्कको विचमा रहेको क्यारीमा सोही क्षेत्रका नागरिकले गमला र विरुवामा चासो राखे सुनमा सुगन्ध पाइने मुख्यमन्त्री कंडेलले अपेक्षा गरे ।
कर्णाली प्रदेश सरकरको भौतिव पूर्वाधार मन्त्रालयको निरन्तरको खवरदारीपछि यो सड्कको काम दुई महिनामा करिव ९० प्रतिशत सड्क कालोपत्रे भई सकेको छ भने बाँकी सड्कमा गर्नुपर्ने काम मात्रै बाँकी रहेको छ । यसै गरी कर्णाली प्रदेश भर अलपत्र रहेका र निर्माण भई रहेका सड्क निर्माणमा कर्णाली प्रदेश सरकारले बिषेश चासोका साथ उच्च प्राथमिकतामा राखेर निर्माणमा तिव्रता दिइ रहेको छ ।