माघ ०७,
जगदुल्ला : जगदुल्ला गाउँपालिकामा मोवाईल र ईन्टरनेट सेवा नियमित भएको छ । दुईवटा बिटएस मार्फत दिदै आएकाे सेवा पावर अभाबको कारण सेवा प्रबाहमा समस्या आउने गरेको थियो । नेपाल टेलीकमका दुबै बिटएसमा बिधुत जडान गरेपछि दुवै सेवा नियमित भएको हो ।
जगदुल्ला गाउँपालिकको थुपलाग्ना र डाँडा भन्ने ठाउमा राखिएका मोवाईल विटिएसमा बिधुत जडान गरेपछि सेवा सदाबहार भएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशवराज जैसिले जानकारी दिए । जैसिका अनुसार पालिका भित्र मोवाइल र ईन्टरनेटको सेवा प्रदान गर्ने टावरमा बिधुत जडानको लागि आवाश्यक पर्ने तार,ट्रान्समिटर र मिटरवक्स गाउँपालिकाले व्यावस्थापन गरेको र बाँकी अन्य उपकरण नेपाल टेलीकमले नै जडान गरेको बताए ।
तस्विर : थुपलाग्नामा रहेको नेपाल टेलीकमको मोवाइल बिटिएस नवराज भट्टराई नेपाल टेलीकम प्राबिधिक डोल्पा
थुपलाग्नामा १० किलोवाट थ्रिफेज ट्रान्समिटर राखेर बिधुत जडान गरिएको र डाँडामा भने ६ किलोवाट सिँगल फेज काईगाउँको ट्रान्सफ्रमरबाट ६ सय मिटर तार जडान गरेपछि मोवाईल र ईन्टरनेट सेवा नियमित गिरएकाे दुरसञ्चार कार्यालय डोल्पाका प्राबिधिक नवराव भट्टराईले जानकारी दिए । प्राबिधिक भट्टराईकाले भने अव जगदुल्लामा पावरको कारणा सेवा अवरुद्ध हुदैन तर माईक्रोवेव काटिएमा भने सेवा प्रबाहमा रुकावट आउन सक्छ ।
यस भन्दा पहिले काईगाउँतिरको डाँडाको टावरमा हरेक १२ घण्टा पावर जाने गरेको थियो भने थुपलाग्नाको टावरमा ५ घण्टा सम्म पावर नपुग्ने गरेको टेलीकम प्राबिधिक नवराज भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार अव जगदुल्लामा पावरको समस्या नहुने र थुपलाग्नाको टावरमा १८ सय मेगाहर्ज जडान गर्न प्राबिधिक हिसवे मिल्ने बताए । यसका साथै गाउँपालिकामा एफटिटिएच समेत जडान गरी ईन्टरनेट सेवा द्रुत बनाउन पनि जरुरी रहेको वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बोहोरा बताए । वडा अध्यक्ष वोहोराले भने समय ईन्टरनेटको रहेको र एफटिटिएच जडानका लागि कार्यपालिकामा छलफल गरेर जनतालाई सेवा दिनेमा पहल गरिने जानकारी दिए ।
तस्विर : नवराज भट्टराई नेपाल टेलीकम प्राबिधिक डोल्पा काईगाउँ तिरको डाँडामा रहेको मोवाइल बिटिएस
जगदुल्ला गाउँपालिकाको काईगाँउ तिरको टावरमा ६ सय ६० मिटर १६ एमएमको सर्भिस केवल जडान भएको छ भने थुपलाग्ना तिरको टावरमा ट्रान्समिटर राखेर बिधुत जडान गरिएको छ । यसका साथै नेपाल टेलीकमले एबिसि ४५ मिटर प्रदान गरेको छ भने हाल जगदुल्लाका दुबै टावरमा पावर जादैन भने स्थानीयको माग भने द्रुत गतिको ईन्टरनेटको माग गरि रहेकाछन ।
जनताको मागलाई सके सम्म प्राथमिकतामा राखेर काम गर्ने जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले बताए । गाउँपालिका अध्यक्ष रोकायाले भने यिनै टावर सञ्चालनका लागि स्थानिय सरकारले हरेक कुरामा साथ र सहयोग गरेको हो त्यसकारण अब क्षमता बिस्तारको लागि सबै प्रकृया पूरा गर्ने जानकारी दिए । जगदुल्ला गाउँपालिकाले मोवाइल र ईन्टरनेट सेवा जडानको लागि पालिका मार्फत धेरै कुरमा सहयोग गर्दै आएको छ ।