माघ ०७,
सुर्खेत : कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आज बस्दैछ । आज दिउँसो १ बजे पाँचौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम पाँचौँ अधिवेशन आह्वान गरेका थिए। त्यसअघि मंसिर १९ गते कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। प्रदेश सभाको चौथो अधिवेशन गत असोज १६ गते अन्त्य भएको थियो । चौथो अधिवेशनमा ३३ वटा बैठक बसेको थियो भने ३३ घण्टा ४६ मिनेट प्रदेश सभाले संसद् बैठकमा बिताएको थियो।