एमाले सुर्खेत जिल्ला कार्यसमितिको कार्यालयमा शनिबार भएको एक कार्यक्रमका वीच रम्तेललाई एमाले स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटीसँगै सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटाले आज स्वागत गरेका हुन् ।

रम्तेल यसअघि अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रिय सचिव तथा कर्णाली प्रदेश कमिटीका अध्यक्ष समेत थिए । रम्तेलले माओवादी भित्र नातावाद, कृपावाद, अवसरवाद चुलिएको भन्दै इमान्दार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको बताए ।
उनले नेकपा माओवादी केन्द्रमा आवद्ध धेरैजसो कर्मठ, देशभक्त र न्यायप्रेमि नेता, कार्यकर्ताहरु नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेकपा एमालेमा आवद्ध हुने क्रम बढेकाले आफु पनि समयमै प्रवेश गरेको जनाए । उनी सुर्खेतको चिङ्गाड गाउँपालिका–३, का स्थायी बासिन्दा हुन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रम्तेल एमालेमा प्रवेश