माघ ०२,
सुर्खेत : कर्णालीमा विकास साझेदार दातृ निकायलाई प्रदेश सरकारसंगै मिलेर जान मुख्यमन्त्रीको आग्रह गरेका छन । बुधबार २७ औँ भुकम्प दिवसका अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले दातृ निकायलाई विकास निर्माणमा प्रदेश सरकारसंगै हातेमालो गरेर जान आग्रह गरेका हुन ।
“भुकम्पले सिकाएको पाठ,बलियो संरचना र सुद्दिढ पूर्वतयारीका साथ” भन्ने मुल नाराका साथ कर्णाली प्रदेश सरकारले पनि भुकम्प दिवस बुधवार मनाएको छ । कर्णाली प्रदेशमा विकास लगायत अन्य कुनैपिन क्षेत्रमा काम गर्ने गैर सरकारी निकायहरुले आफ्ना योजनाहरुमा काम गर्दा प्रदेश सरकारसँगै सहकार्य गरेर एकरुपताका साथ गरेमा सरकार र गैरसरकारी निकाय दुवै सफल रहने भन्दै एकैसाथ काम गर्न मुख्यमन्त्री यामलाल कंडेलले आग्रह गरे । मुख्यमन्त्री कंडेलले भने केहि तथ्याङ्कत पक्कै आउला लिन सजिलो होला तर एक्लाएक्लै गरेकाे विकास तथा कार्यक्रमले दिर्घकालिन रुपमा प्रतिफल दिदैन ।
जाजरकोट भुकम्पका पिडितहरुको पुन निर्माणको काम अब छिट्टै हुने भएको तर हाल सम्म भुकम्प प्रभावित क्षेत्रको यकिन तथ्याङ्क नआउनुले पनि निकै ठुलो समस्या रहेको मुख्यमन्त्री कडेलको भनाइ छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले यहि आर्थिक बर्षमा भुकम्प प्रभावित जिल्ला जाजरकोट,रुकुमपश्चिम र सल्यानमा बिद्यालय र स्वास्थ्य संस्था पुन निर्माणको काम गरि रहेको र अन्य पिडित नागरिकको आवास पुन निर्माणका काम संघिय सरकारले थालनी गर्न लागेको मुख्यमन्त्री कंडेलले जानकारी दिए ।
नेपालमा बिभिन्न कालखण्डमा गएका शक्तिशाली भुकम्पले ठुलो मानवीय क्षेति व्यहोर्नु पर्ने गरेकोले अबका संरचनाहरु भुकम्प प्रतिरोधात्मक क्षमताका निर्माण गर्नुपर्ने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहट्टाले बताए । सचिव मरहट्टाले भने भुकम्पले हामीलाई क्षेति पुर्याएको हैन हामीले बनाउने संरचनाले नै हामीलाइ ठुलो क्षेति पुर्याएको हो । अव निर्माण हुने भौतिक सरचनाहरु भुकम्प प्रतिरोधात्मक हुनुपर्ने बिद्यालय र स्वास्थ्य संस्था झनै मजबुध हुनुपर्नेमा मरहट्टाले जोड दिए । किनकी भुकम्प पछि आश्रय लिने क्षेत्र भनेकै बिद्यालय र स्वास्थ्य संस्था नै हुनेभएकाले पनि मजबुध बनाउनु जरुरी रहेको उनको दावी छ ।
कर्णालीमा निर्माण भएका भौतिक संरचनाहरु भुकम्प प्रतिरोधात्मक छन कि छैनन भन्ने प्राबिधिक रुपमा कुनै तथ्याङ्क भने छैन । यद्यपी जाजरकोट भुकम्पपछि पुन निर्माण नहुनुमा भने प्रभावित क्षेत्रबाट यकिन तथ्याङ्क नआउनुनै प्रमुख कारण रहेको देखिएको छ । प्रभावित जिल्ला,स्थानीय तह,गैरसरकारी निकाय र प्रदेश सरकार अनि संघिय सरकारले संकलन गरेको तथ्याङ्क नै नमिलेपछि पुन निर्माणमा ढिलाइ भएको पाइएको छ । कार्यक्रममा मुख्यमन्त्री यामलाल कंडेल,भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढा लगायत मन्त्रालयका सचिव सुर्खेतका प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवाला निकायका प्रमखहरुको उपस्थिति रहेको थियो ।