पुस १७, रामचन्द्र न्यौपाने

डोल्पा : हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैबाट एक महिला बेपत्ता भएकी छिन् ।  ठुलिभेरी नगरपालिका वडा नं ६ दुरगाउँ बस्ने २७ बर्षिय टिका सार्की एकसाता देखि बेपत्ता भएकी हुन् । एकसाता अघि सहकारीको तालिममा सहभागीहुने भन्दै घरबाट दुनै हिँडेको टिका अहिलेसम्म पनि सम्पर्कमा नभइ बेपत्ता भएको उनका श्रीमान डिल बहादुर सार्कीले बताए ।

सुर्खेतबाट डोल्पाको दुनै पुगेका एक जना कर्मचारीले तालिम छ भन्दै खबर गरेपछि आफ्नी श्रीमती टिका सार्की पुष ८ गते बिहान दुनै गएको र अहिलेसम्म पनि सम्पर्कमा नरहेको उनले बताए । महिला हातेमालो बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्ष समेत रहेकी टिका घरबाट निस्केको साँझ देखि सम्पर्कमा नरहेको उनका श्रीमानको भनाइ छ ।

बेपत्ता भएको एकसाता बितिसक्दा पनि फोन पनि नलाग्ने र सम्पर्कमा पनि नरहे पछि खोजिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन दिएकाछन् ।‘म मिस्त्री काममा गएको थिए,पहिला पनि एक पटक तालिम पर्दा दुनै पुगेर फर्किएकी हुन्,पछिल्लो पटक तालिममा जाँद बेपत्ता भएकी हुन्’ बिरबहादुरले भने । यदि कसैले भेटाएमा प्रहरीलाई खबर गरिदिन पनि उनले आग्रह गरेकाछन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसी अनुसार खोजिदिन माग गर्दै जाहेरीको आएको र सोही अनुसार जिल्ला भित्र र बाहिरका विभिन्न प्रहरी चौकीहरुमा हुलिया काटेर खोजी भइरहेको बताए । काले प्रयोग गर्ने फोन स्विच अफ भएकाले लाइभ लोकेसन पत्ता लगाउन नसकिएको उनको भनाइ छ ।