पुस १७,
डोल्पा : एकिकृत समाजवादीका नगर कमिटी अध्यक्ष (नेकपा) एमालेमा प्रवेश गरेकाछन । डोल्पा जिल्ला ठुलीभेरी नगरपालिपालिकाका नगरकमिटी अध्यक्ष हरिन्द्र डाँगी (नेकपा) एमालेमा प्रवेश गरेका हुन । बुधवार (नेकपा) एमाले केन्द्रीय पार्टि कार्यालय च्यासलमा पार्टीका महासचिवको हातबाट राईका लगाएर (नेकपा) एमालेमा प्रवेश गरेका छन ।
(नेकपा) एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय च्यासलमा डाँगीलाइ (नेकपा) एमाले डोल्पाका पार्टी अध्यक्ष पदाधिकारीहरुका बिच पार्टी प्रवेश गराएको (नेकपा) एमाले डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाका अनुसार विन कुनै सर्त एकिकृत समाजवादीका ठुलीभेरी नगरपालिकाका नगरकमिटी अध्यक्ष डाँगीलाइ एमालेमा स्वागत गरिएको बताए ।
पछिल्लो राजनितिक घटना क्रम अनुसार विचार र सिद्धान्त (नेकपा) एमालेमै मिल्ने भएकोले डाँगी पूरानै घर (नेकपा) एमालेमा फर्किएको एमाले नेताहरुको भनाई छ । हाल डोल्पामा अन्य बिभिन्न पार्टि परित्याग गरेर (नेकपा) एमालेमा फर्किनेको लहरनै चलेको छ । एमालेका नेताहरु भन्छन जनताको पार्टि (नेकपा) एमाले भएको कारण पनि सबैले एमाले पार्टी नै रोज्ने गरेको दावी गर्छन । हाल निशर्त पार्टीमा प्रवेश गराएको भएपनि नवप्रवेशिहरुले पार्टीमा गर्ने योगदानको आधारमा जिम्मेवारी दिइने (नेकपा) एमाले डोल्पा जिल्ला पार्टि अध्यक्ष लंक बहादुर रोकायाले बताए ।