चर्चित गायक सुरज पण्डितको “तम्रा मनमा” म्युजिक भिडियो सार्वजानिक : भिडियो सहित हेर्नुहोस

जैतुन अनलाइन | 2024-12-30

पुस १५,

डोल्पा :  र्चित गायक सुरज पण्डितको अर्को सांगितिक कोशेली बजारमा सार्वजानिक भएको छ । सुमधुर स्वरका धनि गायक सुरज पण्डित र गायिका अनु चौधरीको आवाजमा सजिएको ‘तम्रा मनमा’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको हो । गायक सुरज पण्डितले गित महिना दिन अघि नै  ल्याए पनि म्यूजिक भिडियो भने सोमवार  जिडी क्रिएसन नामको युटुव च्यानलबाट सार्वजनिक गरिएको गायक सुरज पण्डितले जानकारी दिए ।

गीतमा शब्द सुमन थापा र सुरज पण्डितको रहेको छ भने संगीत सुरज पण्डितको छ । गीतमा बिक्रम बुढाथोकी र सरस्वती खत्रीले अभिनय गरेका छन् । बजारमा आएको गीतलाई माया गरिदिन आग्रह गरिएको छ । अझ गीतमा सरस्वती खत्रीको अभिनय उत्कृष्ट देखिएको छ । उनले लगाएको ड्रेसअप र गरिएको अभिनय देख्दा जोकोहि पनि भिडियोलाई दोहोराएर हेर्छन् । यहाँ बिक्रम बुढाथोकीको अभिनय पनि निकै सुहाएको छ ।

गायक पण्डितले रेलको बाटो,नुनको भारी,रातो किताव,मिरा जस्ता बहुचर्चित गित सहित अन्य दर्जन भन्दा धेरै गित गायर म्यूजिक भिडियो समेत बजारमा ल्याई सकेका छन । उनका गितहरु बिषेश गरी दुर्गम पिडा दुखहरु झल्किने र प्राकृतिक सुन्दरतामा भरिएका हुने गरेकाछन ।

भिडियो हेर्न तलको लिङ्कमा थिच्नुहोस