पुस १३,
डोल्पा : माथिल्लो डोल्पामा हिँउले ढपक्क पारेको छ । यस बर्षको पहिलो हिउँले माथिल्लो डोल्पा सेताम्य भएको हो । हिउँदको समयमा गए राति पहिलो पटक हिउँ परेर जमेको छ मथिल्लो डोल्पामा । पुसको महिनामा हिउँ परेर जमेपछि कृषकहरुमा भने उत्साह ल्याउछ । यस बेला परेको हिउँले खेतिपातीकाे लागि मलको रुपमा काम गर्ने बुढापाकाको बुझाई छ ।
गएराति देखी परेको हिउँ माथिल्लो डोल्पामा आधा फिट सम्म जमि सकेको छ भने तापक्रम पुरै माईनस भएको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गले जानकारी दिए । हिउँले भोट क्षेत्र सेताम्य परेको छ खेतीका लागि निकै राम्रो भएको छ भने पशुपालक कृषकका लागि भने यो हिउँले केहि सास्ति दिएको गुरुङ्गले बताए । चिसो अत्याधिक हुने र पशुचौपायलाइ चरिचरणका लागि निकै कठिन हुनेहुदा केहि क्षेति व्यहोर्नुपर्ने बाध्यता रहेको छ ।
हिउँदको समयमा माथिल्लो डोल्पाका याक घोडा तल्लो डोल्पाका बिभिन्न पाटन क्षेत्रमा झारिएका हुनाले त्यति धेरै समस्या नहुने तर च्याङ्ग्रा पालक कृषकहरु भने चिसो र हिउँले ढाकेको चरिचरणबाट भने प्रभावित हुने गरेकाछन । माथिल्लो डोल्पामा हिउँले ढाकेपनि तल्लो डोल्पामा हिउँ पर्न सकेको छैन । बादल लागेको र हिउँ नपरेको तर हिउँको पर्खाइमा सबै रहेको जगदुल्लाका स्थानीय गगन कुमार लामाले सुनाए ।
हिउँदको सुख्खा समय भएकोले धुलो अत्याधिक छ त्यस कारण रुघाखोकि समेत बढि रहेको र यहि समयमा हिउँ र पानि परेमा प्राकृतिक रुपमा रोग नियन्त्रण समेत हुने चिकित्सकहरु बताउछन । यो चिसोमा बुढाबुढी र वालवालिकाहरु बढि जोखिमम हुने हुदा तातो गरि बस्न र झोलिलो खानुकरा खान चिकित्सकले सल्लाह दिएका छन । शुक्रबार देखी देशभर मौसममा बदली भएर हिमाली जिल्लामा हिमपात र अन्य क्षेत्रमा बर्षा भई रहेको छ ।