जगदुल्लामा रास्वपाका सदस्य एमालेमा प्रदेश

जैतुन अनलाइन | 2024-12-28

राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य (नेकपा) इमेलमा प्रवेश गरेकाछन । जगदुल्ला गाउँपालिकामा वडा नम्बर ४ चौरिकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीमा एक बर्ष देखि क्रीयाशिल रहेका रुद्र बुढा (युङ्डुङ) शनिबार (नेकपा) एमालेमा प्रवेश गरेका हुन ।

शनिबार (नेकपा) एमाले डोल्पा काठमाडौ सम्पर्क मञ्चले काठमाडौमा आयोजना गरेको जिल्लाका पदाधिकारीहरुलाइ सम्मान कार्यक्रममा रास्वपाका सदस्य बुढा (नेकपा) एमालेमा प्रवेश गरेका छ्न । (नेकपा) एमाले डोल्पाका अध्यक्ष लक बहादुर रोकायाले रुद्र बुढा (युङ्डुङ) लाई (नेकपा) एमालेमा प्रवेश गराएको काठमाडौ डोल्पा सम्पर्क मंचका अध्यक्ष पाण्डप महताराले जानकारी दिए ।

जनताको पार्टी र (नेकपा) एमालेको सिद्धान्त जनप्रेमी भएकोले बिगत एक बर्ष देखि क्रीयाशिल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता त्यागी नितान्त एमालेमा क्रीयाशिल रहनेगरी पार्टीमा प्रवेश गरेको रुद्रले बताए । बुढाले भने जगदुल्लामा सबै हिसाबले एमालेको गतिविधिमा सम्लग्न हुने र (नेकपा) एमाले पार्टीको लागि जस्तो पनि योगदान दिन तयार छु ।

(नेकपा) एमाले डोल्पा काठमाडौ सम्पर्क मंचले काठमाडौमा एक कार्यक्रम गरि (नेकपा) एमाले डोल्पाका ७औं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्लाका पदाधिकारीहरुलाइ सम्मान गरेको हो । पार्टीका लागि डोल्पा काठमाडौ सम्पर्क मंचले सक्दो काम गर्नेमा बिस्वस्त रहन डोल्पा काठमाडौ सम्पर्क मंचका अध्यक्ष पण्डप महताराले आग्रह गरे । रास्वपाका सदस्यलाई पार्टीमा स्वागत गर्दै (नेकपा) एमाले डोल्पाका अध्यक्ष लक रोकायाले पार्टी विधि बिधान अनुसार चल्ने भएकोले पार्टीमा आएर पार्टीको हितमा काम गर्ने हरेकलाई स्वागत गर्ने र पार्टीका लागि काम गर्नेको मुल्यांकन जहिले सहि गर्नेमा बिस्वस्त रहन आग्रह गरे ।