जिल्ला अस्पताल डोल्पामा प्रयोगशाला (ल्याब) मा थप सेवा विस्तार

जैतुन अनलाइन | 2024-12-27
पुस १२,
डोल्पा : जिल्ला अस्पताल डोल्पामा प्रयोगशाला (ल्याब) मा थप सेवा विस्तार गरिएको छ । बिहिबारदेखी जिल्ला अस्पतालमा थाईरोइड,कोलेष्ट्रोल,मधुमेह (सुगर) को समेत जाँच गरिने सेवा विस्तार भएको हो । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष कमल बहादुर शाहीले एक कार्यक्रमका विच थप सेवा विस्तार सहितको प्रयोगशाला उद्धघाटन गरेका हुन ।
जिल्ला अस्पतालको प्रयोगशाला (ल्याब) मा थप भएको जाँचहरुमा थाईरोइड, कोलेष्ट्रोल, किड्निको रगत र पिसाब बाट हुने जाँच, कोलेस्ट्रोलको जाँच साथै मधुमेह (सुगर) को ३ महिनामा गरिने जाँच समेत अब जिल्ला अस्पतालमा नै हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले  जानकारी दिए । डाक्टर रावलका  अनुसार  अब देखि नियमित रुपमा जिल्ला अस्पतालमा यि सबै जाँच हरु हुनेछन् भने साथै यतिको जाँचको लागि सेवाग्राहीहरुलाई शहर वा जिल्ला बाहिर जान नपर्ने बताए ।
लामो समय देखि यसै अस्पतालमा होस भन्ने चाहेको जाँच, थाईरोइड TFt, लिभरको जाँच LFt, किड्नीको जाँच RFT, अनि HbA1C लगायतको जाँच यहि हुने भयो निकै खुसि भएका छौ चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले बताए । डाक्टर उपाध्यायले भने यति जाँचको लागि नेपालगंज र काठमाण्डौँ जाने बाध्यता  हट्यो  जिल्लामै यो सेवा दिन पाउदा खुसि लाग्ने रहेछ  । यो जाँच का लागि आवश्यक वातावरण बनाउने स्वास्थ्य सेवा कार्यालय अनि अस्पताल विकास समिति लाई समेत चिकित्सा शाखा प्रमुख डाक्टर उपाध्यायले  धन्यवाद प्रकट गरे ।
अब भ्याए सम्म हरेक मिल्ने सम्मका सबै सेवाहरु विस्तार गर्नेमा अहोरात्र लागि रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर शाहीले जानकारी दिए । अध्यक्ष शाहीले भने सरकारमा कुन दलको छ भन्नेमा फरक पार्दैन स्वास्थ्य जस्तो कुरा सबैका लागि हो र हरेक नागरिकले प्रभाबकारी स्वास्थ्य सेवा पाउनुपर्छ जो कुरा सरकारले गम्भिरातापूर्वक लिन जरुरी रहेको बताए। शाहीले थपे सरकारले हाल सम्म सहयोग गरी रहेको छ तर दुर्गम तथा हिमाली जिल्लाका अस्पताललाई अझै पहिलो प्राथमिकतामा राख्नुपर्ने दावी गरे । जिल्ला अस्पातल डोल्पामा भौतिक संरचना निर्माण देखी सेवा विस्तारका काम नियमित भई रहेका छन ।