मंसिर १८,
डोल्पा : दुनैको भेरी नदि माथि बेली बृज निर्माण कार्यको थालनी भएको छ । जिल्ला अस्पताल जोड्ने बेली बृज निर्माणको कार्य सोमबारदेखी सूरु गरिएको हो । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतबाट बिनियोजित बजेटको कुल ६ करोड ६४ लाख ४ सय ५५ रुपैयामा रिर्डाक नेपाल, ललितपुरले गत असार २० गते पूर्वाधार विकास कार्यालय डोल्पामा २ वटा बेली बृज निर्माणको लागि सम्झौता गरेको थियो ।
जगदुल्ला गाउँपालिका ४ को चिलाखारा र ठुलीभेरी नगरपालिका ३ दुनैको जिल्ला अस्पताल जोड्ने भेरी नदिमाथि बेली बृज निर्माण गर्न रिर्डाक नेपाल, ललितपुरले जिम्मा लिएको हो । दुई वटा बेली बृज निर्माणको लागि निर्माण कम्पनीलाई २ बर्षको समयाअवधि भए पनि दुनै बजारबाट जिल्ला अस्पताल जोड्ने बेलीवृज भने यहि असार मसान्त अगावै निर्माण गरि सक्नेगरी काम अघि बढाएको पुर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक बहादुर हितानले जानकारी दिए ।
कार्यालय प्रमुख हितानका अनुसार पुर्बाधार विकास कार्यालय डाेल्पा र रिर्डाक नेपाल, ललितपुरद्वारा संयुुक्त रुपमा डाेल्पा जिल्ला अस्पताल र दुनै बजार जाेड्ने ४८ मिटरकाे बेलि बृज निमार्ण कार्य काे सुरु पुलकाे रेखांकनवाट गरिएको बताए । हितानलेभ भने यो बेलीवृज द्रुत गतिमा काम गरि निर्माण कार्य चाडैं हुनेमा बिश्वस्त छौ ।
चिलाखारा र दुनैमा निर्माण हुने बेलीवृजको स्टील पार्ट निर्माण कम्पनीले चिनबाट खरिदन गरी सकेको र अब स्टक्चरको काम पनि सुरुवात गरि सक्ने रिर्डाक नेपाल, ललितपुरका प्रोप्राईटर हेमराज शाहीले बताए । शाहीले भने दुनैको पुलको मात्रै नभएर आफुले जिम्मा पाएका दुबै बेलीबृज समयमै निर्माण गर्ने तर पहिला दुनैको निर्माण गरेर चिलाखारामा निर्माण हुने जानकारी दिए । दुनैको बेलीबृज अति महत्वपूर्ण भएको कारण कार्यालयले पहिलो प्राथिमकतामा राखेकोले दुनैमा पहिला निर्माण हुने र असार मसान्त भन्दा पहिला नै निर्माण सम्पन्न गर्नेगरी काम थालेको शाहीको भनाइछ ।
डोल्पामा जिल्ला अस्पालत सम्म बिरामी सहजै लिन सक्ने अबस्था छैन । एम्बुलेन्स ल्याएका बिरामीलाई स्टेचरमा राखेर करिव २० मिनेट बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यताको अन्त यो बेली बृज निर्माणले गर्ने छ । बेलीबृज निर्माण पछि बिरामी बोकेको एम्बुलेन्स सिधै जिल्ला अस्पताल पुग्नेछ भने बजार क्षेत्रका बिकास समेत बढ्ने छ । जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको बिशेष पहलमा भेरी नदिमाथी बेलीवृज निर्माण हुने भएको हो ।